२०८२, १३ फाल्गुन बुधबार

कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउँदै लैजाने प्रधानमन्त्री ओलीको भनाई

कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउँदै लैजाने प्रधानमन्त्री ओलीको भनाई


काठमाडौँ, फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउँदै लैजाने बताएका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आज आयोजना गरेको ‘वर्तमान अवस्था र भावी सोच’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाइ जनसङ्ख्या कृषि व्यवसायमा संलग्न भए पनि त्यसअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए । “हाम्रो देशका लागि यति ठूलो जनसङ्ख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रिकीकरण प्रयोग गरी जनसङ्ख्याको ठूलो हिस्सालाई अन्यत्रको विकास निर्माणमा उपयोग गर्नुपर्छ,” उनले भने, “जबर्जस्त रुपमा कृषिमा काम गरेका मानिसलाई विस्थापन गर्ने भनेको होइन तर विकल्प दिएर अन्य काममा यो जनशक्ति उपयोग गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनुपर्ने औँल्याउँदै भने, “एकै ठाउँमा ठूलो मात्रामा एकै प्रकारकोे बाली लगाउनु र्पछ । यसरी उत्पादित वस्तुको निर्यात गर्न सजिलो हुन्छ ।” उहाँले परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्ने तथा कृषि, भूमिव्यवस्था र सहकारीको समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ७ : ०८ बजे

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं