२०८३, २८ भाद्र सोमबार

बागलुङमा जीप दुर्घटना : तीनको मृत्यु

बागलुङमा जीप दुर्घटना : तीनको मृत्यु


बागलुङ, ७ फागुन :जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तीनजनाको शव भेटिएको हो। शवको पहिचान भने भइसकेको छैन।

जीपमा करिव २५-३० जना यात्रु रहेको स्थानीयले बताएका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले जानकारी दिए।

सडकदेखि करिव ७ सय मिटर तल खसेको जीपमा के कति मानवीय क्षती भयो भन्ने एकिन हुन सकेको छैन। रात परेका कारण उद्धारमा समस्या भएको अध्यक्ष शर्माको भनाइ छ।

प्रकाशित मिति : २०७५, ७ फाल्गुन मंगलबार  ९ : ०२ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल