२०८२, १२ माघ सोमबार

हिमपातका कारण बिजुलीका पोल भाँचिएपछि गाउँ अन्धकार

हिमपातका कारण बिजुलीका पोल भाँचिएपछि गाउँ अन्धकार


गलेश्वर, १२ माघ : म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जामा हिमपातका कारण विद्युत्का काठेपोल (खम्बा) भाँचिएपछि शुक्रबार रातिदेखि गाउँ नै अन्धकार बनेको छ । केही दिनअघिदेखिको चिसो र शुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण मङ्गलाका बरञ्जा, झाँक्रीपानी र छेउछाउका बस्तीमा विद्युत् लाइन प्रसारणका लागि गाडिएका ४५ वटा काठे पोल (खम्बा)मध्ये ३२ वटा पोल भाँचिएका र तार चुँडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् प्राधिकरण बेनीका दण्डपानी जैसीका अनुसार यसअघि नै पोल भाँचिने अवस्थामा थिए । विद्युत् प्राधिकरणलाई पटकपटक काठको पोल फेर्न अनुरोध गरिएको भए पनि बेवास्ता गरेको स्थानीय समाजसेवी सोमबहादुर छन्त्यालले बताउनुभयो ।

विगत पाँचा दिनअघिदेखिको अत्यधिक चिसोका कारण यहाँका बासिन्दा रुघाखोकी र ज्वरोका सिकार भएका छन् । हिमपातका कारण शुक्रबार रातिदेखि चिसो झनै बढेको छ । त्यसमा पनि झन् विद्युत्का पोल भाँचिएपछि अन्धकारमा बस्नुपर्दा यहाँको जनजीवन अत्यन्त प्रभावित भएको स्थानीयले बताएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १२ माघ शनिबार  ७ : ५१ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै