२०८३, २९ आश्विन शुक्रबार

हिमपातका कारण बिजुलीका पोल भाँचिएपछि गाउँ अन्धकार

हिमपातका कारण बिजुलीका पोल भाँचिएपछि गाउँ अन्धकार


गलेश्वर, १२ माघ : म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जामा हिमपातका कारण विद्युत्का काठेपोल (खम्बा) भाँचिएपछि शुक्रबार रातिदेखि गाउँ नै अन्धकार बनेको छ । केही दिनअघिदेखिको चिसो र शुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण मङ्गलाका बरञ्जा, झाँक्रीपानी र छेउछाउका बस्तीमा विद्युत् लाइन प्रसारणका लागि गाडिएका ४५ वटा काठे पोल (खम्बा)मध्ये ३२ वटा पोल भाँचिएका र तार चुँडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् प्राधिकरण बेनीका दण्डपानी जैसीका अनुसार यसअघि नै पोल भाँचिने अवस्थामा थिए । विद्युत् प्राधिकरणलाई पटकपटक काठको पोल फेर्न अनुरोध गरिएको भए पनि बेवास्ता गरेको स्थानीय समाजसेवी सोमबहादुर छन्त्यालले बताउनुभयो ।

विगत पाँचा दिनअघिदेखिको अत्यधिक चिसोका कारण यहाँका बासिन्दा रुघाखोकी र ज्वरोका सिकार भएका छन् । हिमपातका कारण शुक्रबार रातिदेखि चिसो झनै बढेको छ । त्यसमा पनि झन् विद्युत्का पोल भाँचिएपछि अन्धकारमा बस्नुपर्दा यहाँको जनजीवन अत्यन्त प्रभावित भएको स्थानीयले बताएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १२ माघ शनिबार  ७ : ५१ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा