२०८३, २४ आश्विन आईतबार

‘निजी क्षेत्रसँग सहकार्यविना विकास र समृद्धि असम्भव’ :मुख्यमन्त्री राई

‘निजी क्षेत्रसँग सहकार्यविना विकास र समृद्धि असम्भव’ :मुख्यमन्त्री राई


बनियानी, ११ माघ: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रसँगको सहकार्यविना मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले भन्नुभयो, “अर्थतन्त्रको तीन खम्बामध्ये निजी क्षेत्र महत्वपूर्ण हो, निजी क्षेत्रसँग सहकार्य नगरी मुलुकको आर्थिक विकास सम्भव छैन ।”

निजी क्षेत्रलाई सहकार्यका लागि प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रममै आह्वान गरेको उहाँले बताउनुभयो । समृद्धिको यात्रामा सहकार्यका लागि निजी क्षेत्रलाई प्रदेश सरकारले लगानीको वातावरण निर्माण र सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राईको भनाइ थियो । “ढुक्क र उच्च मनोबलका साथ सरकारसँग सहकार्य गर्न म निजी क्षेत्रलाई आह्वान गर्छु”, उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको छ ।” ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई औपचारिकतामा परिणत गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । मुलुकले लामो राजनीतिक आन्दोलनको कालखण्ड पूरा गरिसकेकाले अब आर्थिक क्रान्तिको पालो भएको राईले बताउनुभयो ।

प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले ताप्लेजुङको ओलाङ्चुङगोलादेखि झापाको कचनकवलसम्म सडक खन्ने कामलाई तीव्रता दिएको बताउनुभयो । “बङ्गलादेश, भारत लगायतका देशसँग व्यापार गर्न सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो । सो अवसरमा भद्रपुर विमानस्थलका प्रमुख पूर्णप्रसाद चुँडाल, शारीरिक सुगठनका खेलाडी राम दाहाल, तेक्वान्दो खेलाडी दीपेन धिमाल तथा याङ्किला राईलाई सम्मान गरिएको थियो । आजदेखि शुरु भएको महोत्सव माघ २३ गतेसम्म चल्नेछ । महोत्सवमा मुलुकका विभिन्न स्थानका उत्पादनका साथै भारत, बङ्गालादेश र पाकिस्तानका उत्पादनका २२० कक्ष राखिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ७ : २१ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री