२०८३, ३१ असार बिहीबार

तुलसीपुरमा युरिया मल अभाव

तुलसीपुरमा युरिया मल अभाव


तुलसीपुर, १० माघ : जिल्लामा रासायनिक युरिया मलको अभाव भएको छ । गहुँमा मल हाल्ने मौसमका बेलामा दाङमा कृषकले युरिया मल पाएका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेडले उपलब्ध गराउँदै आएको मल जिल्लामा एक महीनादेखि अभाव रहेको हो ।

लिमिटेड तुलसीपुर शाखाका प्रमुख तीर्थ न्यौपानेले जिल्लामा एक महीनादेखि मलको अभाव रहेको जानकारी दिनुभयो । तुलसीपुर, घोराही, देउखुरी गरी जिल्लामा सात सय टन मल आवश्यक पर्ने उहाँको भनाइ थियो । बुटवलदेखि पश्चिमका कुनै पनि जिल्लामा उक्त मल नभएको बताइएको छ । “जिल्लामा क्षेत्रीय कृषि सामाग्री कम्पनी लिमिटेड भैरहवाबाट मल आउने गरे पनि भैरहवामा पनि मल नभएको र मल कहिले आउने भन्ने यकिन हुन सकेको छैन”, प्रमुख न्यौपानेले भन्नुभयो ।

“खेतमा गहुँ पहेँलै भएको छ, गहुँमा अव रासायनिक मल युरिया हाल्नुपर्नेछ, प्रकृतिले भने किसानलाई राहत दिएको छ तर युरिया छैन”, किसान प्रकाश खड्काले भन्नुभयो । किसान भने गहुँखेतीका लागि युरिया मल खोज्न भौतारिएका छन् । “पानी परेको थियो, यस वर्ष गहुँमा पानी सिँचाइ गर्नुपर्ने समस्या टरेको थियो तर रासायनिक युरिया मल बजारभरि छैन”, अर्का किसान राजु चौधरीले भन्नुभयो ।

हिउँदे खेती गहुँमा मल हाल्ने मौसममा मल नपाउँदा किसान उत्पादन घट्ने चिन्तामा छन् । किसानका लागि आवश्यकताअनुसारको मल उपलब्ध गराउन आफूहरु लागे पनि नेपालमा भारतको कोलकाताबाट मल नआएकाले समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख न्यौपानेले बताउनुभयो । जिल्लामा डिएपी मल भने प्राप्त भएको बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ८ : ५३ बजे

डोल्पामा ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ, रकमको स्रोत खुलेन

डोल्पा । डोल्पामा स्रोत पुष्टि हुन नसकेको ५५ लाख ९०

कोशी सरकारबाट पनि कांग्रेस बाहिरिने तयारी, चार मन्त्रीले आजै राजीनामा दिने

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले)

अनुमति बिना दुई महिना कार्यालय नआउने २३ स्वास्थ्यकर्मी कारबाहीमा, मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई

राष्ट्र बैंकको नयाँ व्यवस्था : अब सबल कम्पनीको शेयर धितोमा ८० प्रतिशतसम्म कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो (मार्जिन लेन्डिङ) कर्जासम्बन्धी

सुदूरपश्चिममा सत्ता समीकरण पेचिलो, नेकपा संसदीय दलको बैठक आज

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी