२०८३, १२ आश्विन मंगलबार

तीन महीनामा एक हजार लिटर मदिरा नष्ट

तीन महीनामा एक हजार लिटर मदिरा नष्ट


बाजुरा, ५ माघ: प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिगएको टोलीले बडिमालिका नगरपालिका–९ अन्तर्गत मार्तडीको वाउली बजारबाट २०० लिटर अवैध घरेलु मदिरा तथा मदिराजन्य कच्चापदार्थ बरामद आज नष्ट गरिएको प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले जानकारी दिनुभयो ।

जिल्लाव्यापी अवैध मदिरा नियन्त्रण अभियानमा सक्रिय प्रहरीले तीन महीनाको अवधिमा एक हजार लिटर बराबरको मदिरा बरामद गरी नष्ट गरिसकेको प्रमुख भाटले बताउनुभयो । शुक्रबार मात्रै जिल्लाको हिमाली गाउँपालिका–५ मा २८० लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले बताएको छ ।

प्रहरीले अवैध घरेलु मदिरासँगै सोफी नामक मदिरा पनि नियन्त्रण गर्ने अभियानमा प्रहरीले विशेष निगरानी बढाएको छ । त्यस्तै बूढीगङ्गा नगरपालिका–८ मा प्रहरीले १०० दर्जनभन्दा बढी सोफी नामक गुणस्तरहीन मदिरासमेत बरामद गरी नष्ट गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ६ : ३९ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय