२०८३, २२ आश्विन शुक्रबार

बुद्ध जन्मस्थलमा लुम्बिनीमा दिनहु आगलागी

बुद्ध जन्मस्थलमा लुम्बिनीमा दिनहु आगलागी


रुपन्देही, २५ पुस: बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ । लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगलागीका कारण महत्वपूर्ण वनस्पति जलेर नष्ट भएका कोषका वनस्पती शाखा अधिकृत सब्बिर खानले जानकारी दिनुभयो । “दिनहुँ आगलागी भएको छ, विकास कोषसँग दमकल छैन, नगरपालिकाको दमकल बिग्रिएकाले आगलागी नियन्त्रण गर्न गाह्रो भएको छ,” उहाँले भन्नुभयो, “यसपालि आगलागीले विकराल रुप लिँदा समस्या भयो ।” आगो गए रातिबाट नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।

एक हप्तादेखि दिनहुँ आगलागी भए पनि कसरी आगो लाग्यो भन्नेबारे थाहा हुन सकेको छैन । उहाँले भन्नुभयो, “विकास कोष क्षेत्रमा चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ छन्, विकास कोषका सुरक्षा गार्ड छन् तर आगो कसरी लाग्यो भन्नेबारे केही जानकारी भएन ।” अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभागृह, शान्ति स्तुपा क्षेत्रदेखि थाई विहार, जर्मनी विहार क्षेत्रसम्म आगो फैलिएको थियो । एक दिनमा तीन पटकसम्म आगलागी हुने गरेको विकास कोषले जनाएको छ । पटक पटक आगलागी हुँदासमेत यसको कारण खोज्न नसक्नु विकास कोषको कमजोरी भएको स्थानीयवासी बताउँछन् ।

लुम्बिनीका पर्यटन व्यवसायी लीलामणि शर्माले आगलागीको नैतिक जिम्मेवारी विकास कोषले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सशस्त्र, जनपथ, दङ्गा प्रहरी, कोषको सुरक्षा गार्डको दस्ता हँुदाहँुदै दिनहुँ आगलागी हुनु सुरक्षा लापरवाही हो ।” आगलागीका कारण विकास कोष क्षेत्रभित्रका पशुपंक्षी कीट पतङ्गहरु प्रभावित भएका छन् । आगलागीका कारण सारसको बासस्थान समेत जलेको छ । असुरक्षित महसुस गरेपछि सारस उडेर गएका स्थानीयवासीले बताएका छन् ।

सुरक्षा व्यवस्था चुस्तदुरुस्त नबन्दा समस्या आएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । कोेष भित्रको आफ्नै कमजोरीका कारण पनि प्रत्येक वर्ष आगलागी हुने गरेको उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ७ : २३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य