२०८३, २२ आश्विन शुक्रबार

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सघाउँछौँ : अध्यक्ष रवि सिंह

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सघाउँछौँ : अध्यक्ष रवि सिंह


भक्तपुर, २१ पुस :  निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न निर्माण व्यवसायीले सरकारको साथ दिने बताउनुभएको छ ।

निर्माण व्यवसायी सङ्घ भक्तपुरको यहाँ आज भएको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सरकारको अभियानमा सफल पार्न निर्माण व्यवसायी सदैव अग्रसर रहने उहाँले बताउनुभयो ।

विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमीकमजोरी भएको दाबी गर्दै उहाँले यस्ता कमीकमजोरीलाई हटाएर गुणस्तरीय र तीव्र विकासका लागि सरकारसँग हातेमालो गरेर अगाडि बढ्न महासङ्घ सदैव तयार भएको भनाइ राख्नुभयो ।

महासङ्घका अध्यक्ष सिंहले सरकारले निर्माण सामग्रीको आयातमा भएको ‘कार्टेलिङ’को अन्त्य गर्न माग गर्दै यसले निर्माण सामग्रीका मूल्य जथाभावी वृद्धि गर्दा समस्या आएको बताउनुभयो । कारले वृद्धि गरेको करको मारमा व्यवसायी परेको भनाइ राख्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तीनवटै सरकारलाई कर बुझाउनुपर्ने नियम हटाउन सरकारसँग माग गर्नुभयो ।

निर्माणमा ढिलाइ हुनु व्यवसायीको मात्रै कारण नभएको दाबी गर्दै उहाँले भन्नुभयो, “सडकमा भएको एउटा रुख काट्नेदेखि विद्युत्को पोल हटाउने प्रक्रिया पूरा गर्न १२ महीना लाग्छ, अनि १८ महीनामा कसरी निर्माण सम्पन्न हुन्छ, झण्झटिलो सरकारी प्रक्रियाको अन्त्य भए निर्माण समयमै सकिन्छ ।”

कार्यक्रममा महासङ्घका महासचिव रोशन दाहाल, महासङ्घका निवर्तमान महासचिव रामशरण देउजालगायतले सरकारले टेण्डर प्रक्रियादेखि निर्माण सम्पन्न नभएसम्म आइपर्ने विभिन्न समस्यालाई समाधान गर्न व्यवसायीको साथ दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपध्यक्ष प्रदीप श्रेष्ठ, सङ्घ भक्तपुरका सल्लाहकार एवं महासङ्घ प्रदेश नं ३ का अध्यक्ष सुवित श्रेष्ठ, सङ्घका निवर्तमान अध्यक्ष राजाराम न्हिसुतुलगायतले निर्माण व्यवसायीलाई आरोपमात्रै लगाउनुभन्दा पनि वास्तविकता बुझ्नुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष नीरञ्जन बजगाईले सङ्घले पुनःनिर्माणदेखि विभिन्न निर्माणका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो भने सङ्घका महासचिव विजयकुमार देउजाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ८ : १५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य