२०८३, १३ कार्तिक शुक्रबार

काभ्रेको सुनकोशी र इन्द्रवतीमा औजारद्वारा सोझै बालुवा उत्खनन्

काभ्रेको सुनकोशी र इन्द्रवतीमा औजारद्वारा सोझै बालुवा उत्खनन्


काभ्रे १७ पुस : काभ्रे प्रशासनले सबै स्थानीय तहमा रहेका नदिहरुमा सोझै अत्याधुनिक औजारहरु चलाउन दिने तयारी थालेको छ । स्थानीय तहको अधिनमा रहेका प्राकृतिक स्रोतको दोहन गर्नका लागि दोहो¥याएर वातावरण प्रभाव मूल्यांकन गराउँदै औजारहरु नदिमा ओराल्ने तयारी थालेको हो । जिल्लाको रोशीखोलामा कच्चा पदार्थ रित्तिदै गएपछि व्यवसायीहरु सुनकोशीमा प्रवेश गरिरहेका छन् ।

स्थानीयका विरोधको बाबजुद पनि व्यवसायीले प्रशासनसँग कुरा मिलाउँदै नदिमा सिधैं औजार ओरालेको सुनकोशी गडतिरका स्थानीयले बताएका छन् । तेमाल गाउँपालिकाको अमलटारीदेखि चुखावेशीसम्म यसैगरी व्यवसायीले अवैधानिक रुपमा बालुवा उत्खनन् गरिरहेका छन् । जेसिवीको प्रयोगबाट बालुवा निकाली स्थानीयदेखि शहरबजारसम्म पु¥याइएको छ । उता भुम्लु गाउँपालिकामा पनि त्यस्तै गरी बालुवा उत्खनन् भइरहेको स्थानीयले बताएका छन् ।

यता ट्रिफरहरुलाई प्रहरी प्रशासनले डस्ने गरेका कारण बालुवा र गिट्टी लगायतका निर्माण वस्तुको मूल्यवृद्धि भएकाले यसका उपभोक्ताहरु पीडित देखिएका छन् ।

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ८ : ०० बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित