२०८३, २२ आश्विन शुक्रबार

पहिरोमा परी एक महिला बेपत्ता

पहिरोमा परी एक महिला बेपत्ता


नुवाकोट, १७ पुस : विदुर नगरपालिका–१० गेर्खुटारस्थित ढाडखर्क खोलामा सडक विस्तारका क्रममा आएको पहिरोमा परी एक महिला बेपत्ता हुनुभएको छ । आज साँझपख विदुर–१० गैरीखर्ककी ७२ वर्षीया ठूली तामाङ पहिरोमा परी बेपत्ता हुनुभएको उहाँका श्रीमान् प्रेमबहादुर तामाङले जानकारी दिनुभयो । सडक विस्तारको काम भइरहेका बेला स्काभेटर रोकेर पैदल यात्रु पास गराउने क्रममा माथिबाट खसेको पहिरामा परेर उहाँ बेपत्ता हुनुभएको हो ।

स्थानीय र प्रहरीले बेपत्ता ठूलीको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । पहिरामा परेकी अर्की एक महिलाको भने जीवतै उद्धार गरी उपचारका लागि त्रिशूली अस्पताल पठाइएको स्थानीय शिक्षक मुकुन्द नेपालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ८ : ०० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य