२०८३, २२ आश्विन शुक्रबार

पिपिआर रोगका कारण एकसय भेडाबाख्रा मरे

पिपिआर रोगका कारण एकसय भेडाबाख्रा मरे


बैतडी, १२ पुस: बैतडीको दुर्गम सिगास गाउँपालिकाका किसानले पालेका भेडाबाख्रामा पिपिआर रोग महामारीका रुपमा देखा परेको छ । गएको दुई हप्तायता सिगासमा पिपिआर रोगबाट १०० बढी भेडाबाख्रा मरिसकेको पशुसेवा विज्ञ केन्द्र बैतडीका पशु चिकित्सक एवं कार्यालय प्रमुख हरिदत्त भट्टले जानकारी दिनुभयो । सिगास गाउँपालिकाको वडा नं ७ मा यो रोग सबभन्दा बढी देखा परेको छ । पिपिआर रोगले भेडाबाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका स्थानीयवासी सुरेन्द्र साउँदले जानकारी दिनुभयो ।

महामारीका रुपमा पिपिआर रोग देखा परेपछि भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीबाट चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको छ । टोलीले प्रभावित क्षेत्रका १० हजार भेडाबाख्रामा माहामारी रोग पिपिआरविरुद्धको खोप लगाउने कार्य गरिरहेको छ । पिपिआर रोग लागि सकेपछि भेडाबाख्रा प्रायः ४८ घण्टाभित्र मर्ने भएकाले प्रभावित क्षेत्रमा रहेका अन्य भेडाबाख्रालाई पिपिआर रोगको सङ्क्रमणबाट बचाउन १० हजार भेडाबाख्रामा उक्त खोप दिन लागिएको जनाएको छ ।

पिपिआर रोग लागेका भेडाबाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोलका धेरै भेडा मर्ने, भेडाबाख्रामा ज्वरो आउने, नाकबाट सिङ्गान बग्ने, आँशु फाल्नेजस्ता लक्षण देखा पर्ने गर्दछन् । पिपिआर भाइरसको सङ्क्रमणबाट बाख्रामा लाग्ने एक प्रकार सङ्क्रमक रोग हो यो । यसको रोकथामका लागि पिपिआरविरुद्धको खोप एकमात्र उपाय भएको चिकित्सकको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ७ : २४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य