२०८३, ३० असार बुधबार

मध्यभोटेकोसी जलविद्युत् कम्पनीको शेयर बाँडफाँड

मध्यभोटेकोसी जलविद्युत् कम्पनीको शेयर बाँडफाँड


काठमाडौँ, ४ पुस : मध्यभोटेकोसी जलविद्युत् कम्पनीले दुई चरणमा निष्कासन गरेको साधारण शेयर आज बाँडफाँड गरिएको छ । कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि शेयर निष्कासन गरेको थियो । जसमा सञ्चयकोषका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् १०० कित्ता र सङ्गठित संस्थापक शेयरधनी संस्थाका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् २६० कित्तासम्म शेयर पाएका छन् ।

पचासदेखि ९० कित्ता माग गर्ने २४ हजार ८६६ सञ्चयकर्ताले माग अनुसारको शेयर प्राप्त गरेका छन् भने १०० देखि ५०० कित्ता माग गर्ने एक लाख १४ हजार ९१२ सञ्चयकर्ता सबैलाई ९० कित्ता र चार हजार ५४३ सञ्चयकर्तालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्तासहित १०० कित्ता शेयर बाँडफाँड भएको छ । एक लाख ३९ हजार ८०० सञ्चयकर्ताले साधारण शेयरका लागि आवेदन गरेका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । जसमध्ये एक लाख ३९ हजार ७७८ आवेदन मात्र स्वीकृत भएको थियो ।

दोस्रो चरणमा निष्कासन गरिएको शेयर संस्थापक सङ्गठित संस्थाका ५७३ कर्मचारीले ५० देखि २५० कित्ता माग गर्नेले माग गरेअनुसारकै शेयर पाएका छन् । २६० देखि ५०० कित्ता माग गर्ने सात हजार ८६६ जनामध्ये छ हजार १५४ जनाले २५० कित्ता र एक हजार ७१२ जनाले गोलाप्रथाको माध्यामबाट थप १० कित्तासहित २६० कित्ता शेयर पाएका छन् ।

संथापक स¬ङ्गठित संस्था नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि, नेपाल अरनिको हाइड्रोपावर कम्पनी तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लिका आठ हजार ४३९ कर्मचारीले शेयर आवेदन गरेका थिए ।कम्पनीले सञ्चयकर्ताका लागि गत कात्तिक २८ देखि मङ्सिर १४ गतेसम्म र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि गत मङ्सिर १९ देखि २६ गतेसम्म खरिद आह्वान गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ पुस बुधबार  ९ : ०८ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै