२०८२, ५ भाद्र शुक्रबार

निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका

निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका


काठमाडौँ, २० मङ्सिर : बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो । उनीहरू सबैजना लागुऔषध दुव्र्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ ।

केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदीपलाई काठमाडौंमा र अरूलाई महेन्द्रनगरमा समातिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रदीपसँग सोधपुछपछि अन्य तीनजनालाई महेन्द्रनगरमा प्रहरीले पक्राउ गरेको हो । ‘अहिलेसम्मको सोधपुछमा उनीहरूको संलग्नताको धेरै आधार देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘तर, प्राविधिक पक्ष केलाउन बाँकी छ ।’ चारै जनाको डिएनए परिक्षणको प्रक्रिया सुरु भइसकेको प्रहरी स्रोत बताउँछ । घटनालगत्तै उनीहरू महेन्द्रनगरमा बस्न छाडेका थिए । प्राय उनीहरू भारत बस्थे चारमध्ये केही विगतमा पनि अपराधिक गतिविधिमा संलग्न भएको समेत प्रहरी स्रोत बताउँछ । यो खबर आजको नयाँ पत्रिका रहेको छ l

लागूऔषध दुव्र्यसनीहरू नियमित गइरहने क्षेत्रमा निर्मलाको शव भेटिएको थियो । पक्राउ परेकाहरू पनि लागूऔषध दुव्र्यनसी भएकाले उनीहरूको संलग्नताको सम्भावना रहेको प्रहरी स्रोत बताउँछ ।काठमाडौंमा पक्राउ परेका प्रदीपको घर निर्मलाको घरबाट करिब तीन किलोमिटर दुरीमा पर्दछ । लामो समयदेखि लागूऔषध दुव्र्यसनी भएको र उनका बुबा–आमा समेत भारतमा बस्दै आएको सिआइबीका एक अधिकारीले बताए ।

रानीबारीकै शैलीमा पर्दा खुल्ला निर्मला प्रकरणको ?
रानीबारी हत्याकाण्डको अनुसन्धान १४ वर्षसम्म उपलब्धिहीन थियो । विभिन्न टोली र समिति खटाए पनि प्रहरीले इन्जिनियर दम्पतिको हत्यारा पत्ता लगाउन सकेको थिएन । तर, नाटकीय रुपमा प्रहरीले तीन वर्षअघि दोषीलाई पक्राउ गरेको थियो ।

सो घटनाका अभियुक्तको सूचना प्रहरीले भट्टीबाटै प्राप्त गरेको थियो । अभियुक्तहरू मनराज गुरुङ र प्रमेश चौहानले एक भट्टीमा आफूहरूले एक दम्पतीको हत्या गरेपनि पैसा नपाएको विषयमा चर्चा गरेका थिए । उनीसँगै त्यहाँ रहेका व्यक्ति पछि ठगीमा मुद्दामा पक्राउ परे । उनले त्यससम्बन्धि विवरण सिआईबीको हिरासतमा खुलाएका थिए । लगत्तै दुवैजना पक्राउ परे । अदालतले पनि उनीहरूलाई जन्मकैदको फैसला सुनाएको छ ।

३१ असार २०६९ मा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी श्रीमती अञ्जलीको हत्या भएकोमा अभियुक्तहरू १४ वर्षपछि अर्थात् १ चैत २०७१ मा पक्राउ परेका थिए ।अहिले निर्मलाको बलात्कारपछि हत्यामा पनि प्रहरीले त्यस्तै ‘क्लु’ भेटाएको छ । तर, हरेक व्यक्ति पक्राउ पर्दा सार्वजनिक इजलास बस्ने गरेकोले पछिल्लो अनुसन्धानमा पनि प्रहरी आफैँ सर्तक छ । त्यसैले डिएनए परिक्षणको रिपोर्टमै प्रहरीको सफलता निर्भर हुनेछ ।

गत १० साउनमा साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । घटनाको प्रारम्भिक चरणमा प्रहरीले अनुसन्धानमा लापरबाही गर्दा अभियुक्त पत्ता नलागेको आरोप लाग्दै आएको छ । महत्वपूर्ण प्रमाण समेत नष्ट गरेकाले प्रहरीप्रति अविश्वास छ । दोषी पत्ता लगाउन माग गर्दै दबाबमूलक आन्दोलन भइरहेको छ ।

आइजिपी आफैं सोधपुछमा
निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ ।

घटनाको उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमा उनी आफैं सोधपुछका खटिएका हुन् । विगतमा सिआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आइजिपी आफैं खटिएका हुन् ।सोधपुछका क्रममा उनको संलग्नताको धेरै क्लुहरू मिलेको प्रहरी स्रोत बताउँछ ।

प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार  ६ : ३६ बजे

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने, कुल निर्यात ११३० मेगावाट नाघ्यो

काठमाडौं । भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने सहमति

वाग्मती प्रदेश पूर्ण खोप घोषणा, प्रधानमन्त्री ओलीको सपना साकार भएको छ : मन्त्री थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रधानमन्त्री

नेकपा एमाले सोलुखुम्बुको आठौँ विस्तारित बैठक : सरकार परिवर्तन हल्ला असत्य

काठमाडौँ । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक

पाथिभरा देवीको कृपाले यी तीन राशिहरूको चम्किनेछ भाग्य

नेपालको प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीलाई इच्छापूर्ति गर्ने देवीको रूपमा पूजा

संसदका दुवै सदनको बैठक आज, भूमि र नागरिकता विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज