२०८२, २३ चैत्र मंगलबार

थप बयानका लागि सिके राउतलाई रौतहट पठाउने सर्वोच्चको फैसला

थप बयानका लागि सिके राउतलाई रौतहट पठाउने सर्वोच्चको फैसला


काठमाडौँ, १७ मङ्सिर: सर्वोच्च अदालतले राज्यविरुद्धकोे सङ्गठित कसुर मुद्दामा पक्राउ परेका सिके राउत (चन्द्रकान्त)को बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज राउतसम्बन्धी बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । न्यायाधीशद्वयको आदेशमा भनिएको छ, ‘राउतविरुद्ध रौतहट जिल्लामा दर्ता भई विचाराधीन रहेको राज्यविरुद्धको सङ्गठित कसुर अपराधको मुद्दामा बयानका लागि उपस्थित गराउनु ।’ सर्वोच्च अदालतले राउतलाई थप बयानका लागि रौतहट नै पठाएको छ ।

स्वतन्त्र मेधशका विषयमा राज्यविरुद्धका वक्तव्य दिएको भन्दै प्रहरीले पक्राउ गरी राउतविरुद्ध रौतहटमा मुद्दा चलाएको थियो । सोही क्रममा राउतले धरौटी वा साधारण तारेखमा थुनामुक्त गर्न माग गर्दै गत कात्तिक १२ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  ६ : ५९ बजे

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि

सञ्चार मन्त्रालयद्वारा नतिजामा आधारित शासकीय सुधारका लागि १० कार्यक्रम स्वीकृत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नतिजामा आधारित

आज प्रतिनिधिसभाको बैठक, तीन विधेयक प्रस्तुत हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा को बैठक आज दिउँसो १

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु