२०८२, १७ मंसिर बुधबार

नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबार

नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबार


काठमाडौँ, १६ मङ्सिर : नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारदेखि राजधानीमा शुरु हुने भएको छ । बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठक सोमबार र मङ्गलबार दुई दिनसम्म चल्नेछ । नेपाल–बङ्गलादेशबीचको ‘ संयुक्त कार्य समूह’को बैठक आयोजना गरिएको छ । बैठकमा सहभागी हुनका लागि बङ्गलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज यहाँ आइपुग्नुभएको छ ।

नेपालकोतर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बैठकमा नेतृत्व गर्नुहुनेछ । सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक तय भएको छ । उक्त बैठकमा नेपालकोतर्फबाट सहसचिव दिनेश घिमिरे र बङ्गलादेशकोतर्फबाट ऊर्जा विभागका सहसचिव शेख फैजुल अमिनले बैठकको नेतृत्व गर्नुहुनेछ ।

बैठकमा अन्तरदेशीय प्रसारण लाइन तथा प्रसारण संयन्त्रका विषयमा छलफल हुनुका साथै विद्युत् व्यापारका बारेमा दुवैपक्षबीच छलफल हुनेछ । नवीकरणीय ऊर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युत्मा बङ्गलादेशले लगानी गर्नेसम्बन्धी छलफल र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकाजुर्न राव (जिएमआर) बाट ५०० मेगावाट बिजुली बङ्गलादेशले खरीद गर्नेबारे बैैठकमा छलफल हुनेछ ।

ऊर्जामन्त्री वर्षमान पुनले गत भदौमा गर्नुभएको बङ्गलादेश भ्रमणमा दुवै देशबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले त्यसका लागि छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताउनुभएको थियो । बङ्गलादेशसँग ऊर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । काठमाडौँमा भएको उक्त समझदारीमा बङ्गलादेशको तर्फबाट ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गर्नुभएको थियो ।

ऊर्जामन्त्री पुनले नेपालको जलविद्युत् बङ्गलादेशलाई बेच्ने वातावरण आफूले बनाउने दाबी गर्दै आउनुभएको छ । उहाँले नेपालमा उत्पादित बिजुलीको खपतका लागि आन्तरिक बजार बनाउनुका साथै क्षेत्रीय बजार निर्माणका लागिसमेत पहल गरिरहनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ९ : २३ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी