२०८२, २ माघ शुक्रबार

‘सुन्दर काम गर्न प्रहरी लागिपरेको छ’: सर्बेन्द्र खनाल

‘सुन्दर काम गर्न प्रहरी लागिपरेको छ’: सर्बेन्द्र खनाल


धादिङ, १६ मङ्सिर : प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले सुन्दर काम गरेर जनतासँग हातेमालो गर्न प्रहरी संगठन लागिपरेको बताउनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको गजुरीमा नवनिर्मित सुविधा सम्पन्न भवनको आज उद्घाटन गर्दै उहाँले सुन्दर भवन जस्तै सुन्दर काम गर्न लागेको प्रहरीलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

विगतमा प्रहरीबाट भएका गल्ती कमजोरीहरु अबका दिनमा नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीको ठूलो सम्पत्ति नागरिकले प्रकट गर्ने सम्मान भएकाले नयाँ कार्यक्रम ल्याइएको बताउनुभयो ।

उहाँले अपराधी र गुण्डासँग बेलुकाको खानाखाजा खाने बहानामा नबिक्न निर्देशन गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले प्रहरीको सेवालाई चुस्त पार्न आग्रह गर्दै समुदाय प्रहरी मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ९ : २० बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति