२०८२, २६ माघ सोमबार

सत्तरीमा एक बर्षमा ९३ सवारीसाधन दुर्घटना, २३ जनाको मृत्यु

सत्तरीमा एक बर्षमा ९३ सवारीसाधन दुर्घटना, २३ जनाको मृत्यु


दाङ, १६ मङ्सिर: जिल्लामा चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५६ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उत्तमकुमार जिसीका अनुसार सबैभन्दा बढी ५२ मोटरसाइकल दुर्घटना भएको थियो । यस्तै १२ बस, १० ट्र्याक्टर, आठ जीप तथा कार, छ टेम्पो तथा तीन÷तीन ट्रक र टिपर दुर्घटना भएको थियो । गत आवको सोही अवधिमा ८९ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको थियो ।

प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ५९२ चालकलाई कारवाही गरेको थियो । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक चार हजार ८९, ट्रक चालक दुई हजार ९६, बस चालक एक हजार ३९६, जिप चालक एक हजार २२४, ट्र्याक्टर चालक एक हजार २००, टेम्पो चालक ४८७ र अटोरिक्सा चालक १०० भन्दा बढी रहेका छन् । चालकलाई कारवाही गर्दा रु ६४ लाख ७२ हजार राजश्व सङ्कलन भएको जिसीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ६ : २८ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय