२०८२, २० कार्तिक बुधबार

राणा परिवारले सरकारलाई बेचेको सिंहदरबारः को सँग छ ८ सय ८ रोपनीको लालपुर्जा ?

राणा परिवारले सरकारलाई बेचेको सिंहदरबारः को सँग छ ८ सय ८ रोपनीको लालपुर्जा ?


काठमाडौँ, मंसिर १६: सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालय अन्तर्गतको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिसँग रहेको छ । सचिवालय अहिले संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिले मन्त्रालय अन्तर्गत थियो ।

सचिवालयका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासेले लालपुर्जा आफूहरुसँग रहेको बताउनुभयो । ‘लालपुर्जा सरकारको नाममा छ’ –उहाँले भन्नुभयो । राणा परिवारले सरकारलाई सिंहदरबारको जग्गा बेचेका हुन् । सिंहदरबारमा ५० भन्दा बढी सानाठूला भवन रहेका छन् । सिंहदरबारभित्र भवन बनाउने र त्यसलाई व्यवस्थापन गर्ने काम पनि सचिवालयकै हो । उपत्यका भवन मर्मत सम्भार डिभिजनको नाम परिवर्तन भएर संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय बनेको हो, यसको कार्यालय खुसिबुमा रहेको छ ।

व्यवस्थापन कार्यालयले विशेष गरी ३ वटा क्षेत्रलाई हेर्नेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निवासलाई हेर्ने जिम्मा एक जना सिनियर डिभिजनल इन्जिनियर (सीडीई) को रहेको छ ।

यसले कुनैपनि सरकारी कार्यालय हेर्दैन । त्यसै गरी अर्का सीडीईले सिंहदरबार पुनर्निर्माण सचिवालयलाई हेर्ने गरेको भने अर्काले मन्त्री क्वार्टरको जिम्मा लिएका छन् । मन्त्री क्वार्टरमा पनि एक जना इन्जिनियर रहेका छन्, जसले त्यहाँभित्र भएका समस्यालाई समाधान गर्ने गरेका छन ।

शहरी बिकास मन्त्रालय अन्तर्गत एक मात्र शहरी विकास तथा भवन निर्माण विभाग रहेको छ । यो विभाग अन्तर्गत व्यवस्थापन कार्यालय रहेको छ । व्यवस्थापन कार्यालय बन्नु अघि २८ वटा डिभिजन कार्यालय रहेका थिए तर ती डिभिजन कार्यालयलाई अहिले प्रदेश सरकारले हेर्ने गरेको छ । सिंहदरबारमा अहिले राष्ट्रिय अनुसन्धान केन्द्र, रक्षा मन्त्रालय र राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको भवन बनिरहेको छ । रक्षा मन्त्रालय २२ करोड रुपियाँको लागतमा र व्यवस्थापन केन्द्र १२ करोड रुपियाँको लागतमा बन्दै गरेको छ ।

परिचयपत्र व्यवस्थापन केन्द्र गृह मन्त्रालयसँगै बनिरहेको छ भने रक्षा मन्त्रालय कानुन मन्त्रालयसँगै बनीरहेको छ । अनुसन्धान केन्द्रको भवन भने पुरानै ठाउंमा बन्दै गरेको छ । यो सिंहदरबार दक्षिण गेटसंगै रहेको छ । भूकम्पले रक्षा मन्त्रालय र अनुसन्धान केन्द्र भत्काएको थियो भने राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको भने नयाँ भवन बनेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

कीर्तिनिधि विष्ट प्रधानमन्त्री रहेका बेला २०३० साल असार २५ गते सिंहदरबार आगलागी भएको थियो । त्यति बेला रहेका पुराना भवन प्रायःजसो भत्काइएको छ । भूकम्पले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र श्रम मन्त्रालय भत्काएपछि यी मन्त्रालय सिंहदरबारभित्र अन्य मन्त्रालयकै भवनमा राखेर काम चलाइएको छ । नाम परिवर्तन भएर बनेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नयाँ भवनमा सरेको छ भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र पर्यटन मन्त्रालय एउटै भवनमा रहेका छन् ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय र २५ मन्त्री रहेका छन् । संविधानले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीलाई पनि मन्त्री नै भनेर बुझाउँदछ । अहिले ३ जना राज्यमन्त्री छन् भने सहायक मन्त्री छैनन् । सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन बनाउने तयारी गरेको गरेको बर्षौ बितिसक्दापनि अहिलेसम्म भवन बनाउने प्रक्रिया अघि बढेको छैन । आफ्नै भवन नहुँदा सरकारले नयाँ बानेश्वरमा रहेको संसद् भवन प्रयोग गरेबापत वार्षिक १५ करोडभन्दा बढी रुपियाँ तिर्दै आएको छ ।

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ७ : २५ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई