२०८३, १३ कार्तिक शुक्रबार

तुलसीपुर उपमहानगर हर्न निषेधित

तुलसीपुर उपमहानगर हर्न निषेधित


दाङ, १५ मङ्सिर : तुलसीपुर उपमहानगरपालिकालाई आजदेखि हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । उपमहानगरपालिका र प्रदेश नं. ५ को प्रहरी कार्यालयले संयुक्तरुपमा आज ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम गरी सो घोषणा गरेको हो । लामो तयारीपश्चात उपमहानगरले ध्वनी प्रदूषणले आमजनजीवनमा असहजता ल्याएको भन्दै हर्न निषेध घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

उहाँले आवश्यकता बाहेक अन्य बेलामा हर्न बजाए रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना गरिने बताउनुभयो । उहाँले सडक कब्जा गरेर निर्माण गरिएका संरचना तत्काल हटाइ बाटो फराकिलो बनाउनका लागि तत्काल काम अगाडि बढाइनेसमेत बताउनुभयो । प्रदूषण रोक्नका लागि सवारी साधनमा हरियो स्टिकर टाँस्ने कामको सुरुआत गरिने बताइएको छ ।

सो अवसरमा प्रदेश नं. ५ का प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले सबैको साझा सहकार्यबाट मात्रै घोषणा कार्यान्वयन गर्न सकिने बताउनुभयो । राप्ती यातायात प्रालिका अध्यक्ष शुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष विमल रिजाल, यातायात मजदुर सङ्गठनका अध्यक्ष केशव भण्डारी, नागरिक समाजका सल्लाहकार टीकाराम रेग्मी, महिला मानव अधिकार रक्षक सञ्जालका संयोजक सुष्मा गिरीलगायतले हर्न निषेध घोषणा कार्यान्वयन गरेर शहरको पहिचान बनाउन आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ६ : ५६ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित