२०८३, ३१ जेष्ठ सोमबार

‘राजनीतिक सहमतिमा संविधान संशोधन गर्न सकिने’: महान्यायाधिवक्ता खरेल

‘राजनीतिक सहमतिमा संविधान संशोधन गर्न सकिने’: महान्यायाधिवक्ता खरेल


सप्तरी, १४ मङ्सिर : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजनीतिक सहमति, जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । प्रदेश नं २ मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुरधामद्वारा आज राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजित ‘न्यायिक समितिका पदाधिकारीको क्षमता विकास सम्बन्धी प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै खरेलले संविधान सम्झौताको दस्तावेज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यकता, औचित्य र सहमतिका आधारमा संशोधनको तरिका तथा अदालतको व्याख्याबाट संविधान सुधार र परिमार्जन हुँदैजान्छ ।”

प्रक्रियाबमोजिम संविधानसभाबाट बनेको जनताको संविधान जनताले नै संशोधन गर्न सक्ने उहाँले बताउनुभयो । अन्य मुलुकमा झँै समयक्रममा संशोधन भएर नै नेपालको संवैधानिक कानूनको इतिहास अगाडि बढ्ने खरेलको भनाइ थियो । सबैखाले जात, भाषा, धर्म, संस्कृति र समुदायका नागरिक अटाउन सक्ने व्यवस्था भएको संविधानमा जनताको आवास लगायतको आधारभूत अधिकार सुनिश्चित गरिएको उहाँले दाबी गर्नुभयो ।

सप्तरीका १८ वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारी सम्मिलित उक्त प्रशिक्षण कार्यक्रममा प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्रकुमार झा, उच्च अदालत जनकपुर राजविराज इजलासका वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठ र क्याम्पस प्रमुख डा सर्वेशचन्द्र मिश्रले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ७ : ५१ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क