२०८३, ९ असार बुधबार

भूकम्पपीडित भन्छन् : ‘गुनासो भरेको अर्थ भएन’

भूकम्पपीडित भन्छन् : ‘गुनासो भरेको अर्थ भएन’


नुवाकोट, १२ मङ्सिर: यहाँको शिवपुरी गाउँपालिका–५ महाकालीका पूर्णबहादुर थापाको भूकम्पले गाउँमा भएका पाँच वटा घर भत्किए । सरकारले पठाएको प्राविधिकलाई सबै घर देखाउनुभयो । जति घर भत्केपछि एउटा मात्र बनाउन सरकारले अनुदान दिन्छ भन्ने सुनेका उहाँले एउटा घरको तस्बीर खिचाउनुभयो । अरु घर देखाउनुभएन । तर उहाँको नाम लाभग्राहीको सूचीमा परेन ।

लाभग्राहीको सूचीमा नाम नपरेपछि उहाँले पटक पटक गुनासो गर्दासमेत नाम आएन । शिवपुरी गापा–५ सिलामेस्थित वडा कार्यालयमा वडाध्यक्षसँग गुनासो गर्न आउनुभएका उहाँले, भन्नुभयो, “तीनचोटी गुनासो भर्नुभयो । मेरो नाम आएन । किन आएन ?” यस्तो समस्या पूर्णबहादुर थापाको मात्र होइन, अर्का भूकम्पपीडित नेत्रबहादुर थापाको पनि पीडा उस्तै छ । उहाँले पनि तीनचोटी गुनासो भरिसक्नुभएको छ । वडाध्यक्षलाई पटकपटक भेटिसके । गाउँपालिका अध्यक्षलाई पनि भेटिसक्नुभयो । तर, समस्या सुनुवाइ भएको छैन । उहाँले भन्नुभयो, “सरकारको कुन निकायमा गए हाम्रो घर भूकम्पले भत्केको सरकारले देख्छ । हामी अनुदान पाउने सूचीमा पर्छौं ?”

साविकको महाकाली गाविस हाल शिवपुरी–५ का १९ घरको नाम पटकपटक गुनासो भर्दा पनि छुटेको वडाध्यक्ष सीताराम थापाले बताउनुभयो । “केहीको दुईतिर घर भनेर आएको छ । तर दुवैतिरको घर भत्केको छ । लाभग्राहीमा भने नाम आएन”, उहाँले भन्नुभयो, “भूकम्पबाट भत्किएको लगत सङ्कलन गर्न आएका प्राविधिकको गल्तीले अहिले पनि पीडित झनै पीडित बनेका छन् ।”

उक्त वडामा भूकम्पलगत्तै सरकारी मापदण्ड आउनुअघि नै बनेका १२४ घरको पनि समस्या रहेको वडा अध्यक्ष थापाले बताउनुभयो । भूकम्पलगत्तै बासको अभाव भएपछि रामशरण भण्डारीले पनि प्राविधिकको सल्लाहमा सरकारी मापदण्ड आउनुअघि नै एकतले घर बनाउनुभयो । तर उहाँले पहिलो किस्तामात्र पाए । दोस्रो भने मापदण्ड नपुगेकाले पाउन सक्नुभएन ।

जिल्ला आयोजना कार्यान्वयन एकाईका इञ्जिनीयर आदित्य झाले यहाँका केही वास्तविक पीडितको गुनासो सुनुवाइ नभएको बताउनुभयो । वडा सचिव पदमबहादुर थापाका अनुसार पहिलो चरणमा ९४५ जनाको नाम लाभग्राहीको सूचीमा परेको थियो । गुनासो भरेकामध्ये २२२ को सम्बोधन भएर लाभग्राहीको सूचीमा परेको छ । वडाका ५५७ घर पुनःनिर्माण सम्पन्न भई तेस्रो किस्तासमेत प्राप्त गरेको सचिव थापाले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ५ : ५७ बजे

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार