२०८३, ३१ जेष्ठ सोमबार

डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन


काठमाडौं, मंसिर ११ : देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो ।

पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । एम्बुलेन्स खरिद गर्दा डा। रामकुमार मण्डल अस्पतालका प्रमुख दिए ।

पाठेघर बटारिएर गाईभैँसीले बच्चा जन्माउन नसके शल्यक्रियाका लागि अस्पताल ल्याउन एम्बुलेन्स खरिद गरिएको हो । यस्तै, प्लास्टिक, किला, काँटी खाएका पशुलाई पनि एम्बुलेन्समा राखेर शल्यक्रियाका लागि भेटेरिनरी अस्पताल ल्याउनुपर्ने हुन्छ । अस्पतालका पशु चिकित्सकहरू भेटेरिनरी एम्बुलेन्स अत्यावश्यक भए पनि खरिदमा अनियमितता भएको बताउँछन् ।

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ८ : ०७ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क