२०८२, २९ भाद्र आईतबार

सुनकोशी नदीमा महिलाको लास भेटियो

सुनकोशी नदीमा महिलाको लास भेटियो


तेमाल १० मंसीर : काभ्रेको तेमाल गाउँपालिका वडा नं ९ सुनकोशी नदीको ठूलोटार देभानमा एक अपरिचित महिलाको लास फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार परिचय नखुलेको अन्दाजी ५० ५५ वर्षकी महिलाको लास फेला परेको हो ।

प्रहरी चौकी पचवारघाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीको टोली लास भएको स्थानमा पुगेर लासको चेक जाँच प्रकृति मुचुल्का गरे पनि लास कस्को हो भन्ने पत्ता नलागेको प्रहरीले जनाएकोे छ ।

लासलाई पोष्टमार्टमका लागि बनेपा शिरमेमोरियल अस्पतालको शवगृहमा राखिएको छ । लासको भने हुलिया वर्ण गोरो, कपाल कालो लामो पालेको, कानमा सुनको जस्तो देखिने गहना लगाएको, शरीरमा रातो कुर्ता, उनीको चोलो लगाएको, कम्बरमा सेतो कपडाको पटुका बाँधेको, शरीरको छालाहरु सडीगली खुईलिएको,४ फिट ८ इन्च अग्लो रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ८ : ४१ बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान