२०८२, १३ फाल्गुन बुधबार

पाल्पा लोक आइडलमा धनमाया विजयी

पाल्पा लोक आइडलमा धनमाया विजयी


पाल्पा, ९ मङ्सिर : तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल हुनुभएको छ । शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल हुनुभएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनर अपका रुपमा ओमप्रकाश सिञ्जाली बन्न सफल हुनुभएको हो । गत पुस १५ गतेदेखि शुरु भएको ‘पाल्पा लोक आइडल’मा बगनासकालिका नैना परियार, रम्भा गाउँपालिकाका ओमप्रकाश सिञ्जाली र कमल नेपाली, रामपुरका दिलीप मानन्धर र निस्दी गाउँपालिकाकी धनमाया दिसुवा उत्कृष्ट पाँचमा प्रतिपस्र्धा भएको थियो ।

जिल्लाको दशवटै स्थानीय तहमा सञ्चालन भएको अडिसनबाट १३८ प्रतिस्पर्धी छनौटमा हुँदै पाँच जनाबीच अन्तिम राउण्डमा प्रतिपस्र्धा भएको थियो ।
कार्यक्रममा राजनीतिक वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले स्थानीय कला, लोकसंस्कृतिको जगेर्नाका लागि सबैले चासो दिनुपर्ने बताउनुभयो । पश्चिमी संस्कृतिका कारण नेपाली संस्कृति हराउँदै गएकाले नेपाली लोकसंस्कृतिको संरक्षण आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा ५ नं प्रदेशका सांसद डा पुरन बज्रचार्य, वीरबहादुर राना, नेकपाका खिमान्द्र पाण्डेय, नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्य, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती र पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर सारु, पाल्पाका प्रजिअ मनोहरप्रसाद खनालले हराउँदै गएको लोकसंस्कृति संरक्षणका लागि लोक आइडल प्रतियोगिता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ८ : ३५ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली