२०८१, २३ भाद्र आईतबार

मौरीपालक किसानको गुनासो दोषी पहिचान र क्षतिपूर्ति दुवै भएन

मौरीपालक किसानको गुनासो दोषी पहिचान र क्षतिपूर्ति दुवै भएन


घोराही, ८ मंसीर गत कार्तिक ६ गते घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा ४४ घार मौरीमा एकै पटक विष हालेर मारियो ।

किसानले ठूलो लगानी र मेहनत गरेर पालेको मौरीमा एकै पटक विषादी पर्दा मौरीपालक किसान चिन्तित भए । दोषीलाई कारवाही र उचित क्षतिपूर्तिको मागसँगै किसानले जिल्ला प्रहरी, घोराही उपमहानगरपालिका र पाँच नं प्रदेश कार्यालयमा समेत निवेदन दिए । तर, घटना घटेको एक महीना पुगिसक्दासमेत कुनै प्रकारको पहल नभएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।

बि एण्ड बिपी मौरी फार्मका विकास नेपालले आफूहरुलाई प्रहरीले पनि दोषीको खोजीकार्यका लागि कुनै पहल नगगरेको गुनासो गर्दै छिटोभन्दा छिटो पहल गरिदिन प्रहरी र स्थानीय निकायलाई आग्रह गर्नुभयो । उहाँले आफूहरुको अब मौरीको याम (मौसम) सकिन लागेको र फेरि मौरीका घारहरु चितवन लगेर फर्कनुपर्ने समय आइसक्दासमेत न्यायका लागि पहल नहुनु दुःखद् भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “दोषी पत्ता लगाई कारवाहीको माग गर्दैै प्रहरीमा निवेदन दिएँ, तर अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन ।” रातको समयमा कसले र किन मौरीमा विषादी हाल्यो भन्ने कुरा अझै प्रहरीबाट पत्ता लाग्न नसकेको अर्का पीडित किसान सूर्यबहादुर सिंजालीले बताउनुभयो ।

उक्त घटनामा मौरीपालक किसानले ४४ घार मौरी नष्ट हुँदा करीब रु १६ लाख जतिको क्षति भएको थियो । चितवनका नेपालको ४० र अर्का किसान सिंजालीको चार घार मौरीमा विषादी हालिएको थियो ।

“नेपाल सरकारको मातहतमा रहेर फार्म सञ्चालन गरिरहेको छौँ”, सिंजालीले भन्नुभयो, “मौरी व्यवसाय सञ्चालक गरेवापतको कर पनि सरकारलाई तिरिरहेका छौँ, तर न्याय पाउन सकेका छैनाँै ।” जिल्ला प्रहरी कार्यालय दाङका राजन गौतमले घटनाको अनुसन्धान गरिरहेको बताउनुभयो ।

उहाँले मरेका घारमा विषादी हालिएको हो वा होइन भनेर प्राविधिक जाँचको लागि कृषि अनुसन्धान केन्द्र खुमलटार काठमाडाँैमा पठाएको र उक्त विवरण आएपछि कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख भरत पोखरेल मौरीमा विषादी हालिएको घटनामा क्षतिपूर्तिको व्यवस्था नभए पनि अवस्था हेरेर उपमहानगरले निर्णय गर्ने बताउनुभयो ।

उहाँहरुको मौरी फार्म अनुगमनको लागि ५ नं प्रदेशकी भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले समेत स्थलगत अनुगमन गरी दोषीलाई कडा कारवाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिर्ने आश्वासन दिनुभएको थियो ।

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ५ : ४१ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा