२०८२, २३ जेष्ठ शुक्रबार

दाँत बिगार्ने १० गल्ती : के तपाइँ यी गल्ति गरिराख्नु भएको त छैन ?

दाँत बिगार्ने १० गल्ती : के तपाइँ यी गल्ति गरिराख्नु भएको त छैन ?


१. नियमित परीक्षण नगर्नु :
नियमित रूपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस् । त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ । यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ ।

२. समस्या तत्कालै भुल्नु :
कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी खतरनाक साबित हुन्छ । फलोअपका लागि डाक्टरले बोलाएका छन् भने त्यसलाई फलो गर्नुस् । गिजाको शल्यक्रियाजस्तो स्थितिमा घाउ भरिन र पूरै सामान्य हुन समय लाग्छ, त्यसैले नियमित फलोअप गर्नुहोस् ।

३. आफैँ डाक्टर बन्नु :
विना डाक्टरी सल्लाह कुनै पनि औषधि सेवन गर्दा समस्या निम्तिन सक्छ । यसैले जब तपाईंलाई दाँत, मुख या शरीरको अन्य भागमा समस्या महसुस भएको छ भने डाक्टरकहाँ जानुस्, आफैँ घरेलु उपचारमा नलाग्नुस् ।

४. आफूलाई भएका सबै समस्या नभन्नु :
दाँतको उपचार गर्नुपूर्व पहिले कस्तो रोगमा कस्तो उपचार गर्नुभएको थियो भनेर सबै विवरण भन्नुस् । कुन औषधि कति लामो समयदेखि खाइरहनुभएको छ, कुन औषधिले एलर्जी भएको छ, सबै बताउनुस् । शरीरका अन्य भागको समस्या बताउँदा दाँतको उपचारमा पनि लाभकारी हुन सक्छ ।

५. हतारहतार दाँत मोल्नु :
प्रायजसो मानिसहरु दाँतको सफाइमा समय दिन झन्झट मान्छन् । हतारहतार ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ । त्यसैले दाँतलाई स्वस्थ बनाउँन अलि समय लगाएर ब्रस गर्नुपर्छ भने दिनमा कम्तीमा दुईपटक दाँत माझ्नुपर्छ । नरम ब्रसले दाँतको बाहिर र भित्र दुवैतर्फ सफाइ गर्नुपर्छ । मुखको हरेक कुनामा ब्रस पुग्नुपर्छ । ब्रसलाई तीन–चार महिनामा बदल्नुपर्छ ।

६. एन्टिसेप्टिक माउथवास नगर्नु :
ब्रस गर्नुका साथै माउथवास र फ्लासिङ पनि जरुरी हुन्छ । दाँतको बीचमा खाना अड्कन्छ, जसका कारण दाँतको सडन र गिजाको सङ्क्रमण निम्तन्छ । यसैले स्वस्थ गिजा र दाँतका लागि डेन्टल फ्लास या इन्टरडेन्टल ब्रसको प्रयोग दाँतको बीचभाग सफा राख्न गरिन्छ । मुखलाई किटाणुरहीत बनाउँन राती सुत्नुअघि एन्टिसेप्टिक माउथवासबाट एकपटक कुल्ला गर्नु आवश्यक छ ।

७. जंकफुड बढी खानु :
बजारमा उपलब्ध कयौँ खाद्यपदार्थ दाँतलाई हानी गर्ने खालका हुन्छन् । बढी सोडा, कोल्ड ड्रिंकजस्ता पेयपदार्थ पिउनाले दाँतलाई हानी गर्छन् । यिनीहरूले दाँतको इनामेललाई नोक्सानी पु¥याउँछन् र दाँतमा झन्झनाहट पैदा हुन्छ । यस्तै, अधिकमात्रामा गुलियो र टाँसिने पदार्थ जस्तै, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ । यी चिज कम खानुपर्छ । यदि बालबालिकाले बढी जिद्दी गर्छन् भने सातामा एकपटकमात्र यस्ता पदार्थ दिने बानी बसाउनुस् । यस्तो चिज खान दिनेबित्तिकै ब्रस गराउन नभुल्नुस् ।

८ . हरियो सागसब्जी र फल नखानु :
हरियो सागपात र फलफूल दुवै दाँतको स्वास्थताका लागि जरुरी हुन्छ । यी पदार्थबाट शरीरमा भिटामिन पाइन्छ । भिटामिन सि र भिटामिन डी दाँतका लागि फाइदाजनक हुन्छ । भिटामिन सिले गिजा स्वस्थ पार्छ । अनुसन्धानअनुसार जुन व्यक्तिले दैनिक करिब ८ सय मिलिग्राम भिटामिन डी सेवन गर्छ, उसमा गिजाको समस्या कम देखा पर्छ । भिटामिन डी मुख्यत चीज, दूध तथा दहीमा पाइन्छ ।

९. सुर्तीजन्य पदार्थ बढी सेवन गर्नु :
चुरोट, बिडी, सुर्तीजस्ता सुर्तीजन्य पदार्थले गिजामा हानी गर्छ । दाँत पहेलो, कालो भएर बिग्रन्छ ।

१०. अन्य केही नराम्रा बानी :
केही नराम्रा बानीहरु जस्तै, राती सुतेको समयमा दाँत कट्कटाउनु, पेन्सिल या कलम टोक्नु, आइसक्रिम चपाएर खानुजस्ता बानीले दाँतको इनामेल र दाँतसम्बन्धी हड्डीमा नराम्रो असर पर्छ ।
हेर्नुस् आरसी मिडियाले राखेको यस भिडियो रिपोर्ट :

https://youtu.be/pRgHPmwl_cs

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ९ : ०८ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक