२०८२, ३१ जेष्ठ शनिबार

गजुरमुखीमा कात्तिके मेला शुरू

गजुरमुखीमा कात्तिके मेला शुरू


मङ्गलबारे, ६ मङ्सिर : इलामको पश्चिमी प्रसिद्ध धार्मिकस्थल गजुरमुखीमा परम्परागतरूपमा लाग्दै आएको जिल्लाकै ठूलो मेला शुरु भएको छ । हरेक वर्ष कात्तिक पूर्णिमाका दिन यहाँ विभिन्न क्षेत्रबाट दर्शनार्थीको बाक्लो उपस्थिति हुन्छ । गजुरमुखी विकासमञ्च माङसेबुङ गाउँपालिकाको आयोजनामा शुरू भएको मेलामा शुक्रबार बिहानैदेखि पूजापाठ गर्नका लागि भक्तजनको भीड लागेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिनुभयो ।

गजुरमुखी पुगेका भक्तजन र पर्यटक स्थानीय गजुरमुखी मन्दिर नजिकै रहेको फाँटिलो खेतमा ठाउँठाउँमा अस्थायी टहरा बनाएर जाग्राम बस्न थालेका छन् । प्रसिद्ध धार्मिकस्थल गजुरमुखीमा दर्शनका लागि इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी तथा भारतको दार्जिलिङ, कालेम्पोङलगायतका स्थानबाट भक्तजन आएका छन् । तीन दिनसम्म लाग्ने मेलामा सांस्कृतिक कार्यक्रम, मन्दिरमा पूजाआजाका साथै फुटबल प्रतियोगितासमेत आयोजना गरिएको छ ।

गजुरमुखी धाममा पूजा अर्चना गरे मनोकाङ्क्षा पूरा हुने विश्वास आम भक्तजनमा रहेको छ । निःसन्तानले गजुरमुखीमा आएर भाकल, पूजा अर्चना गरेपछि सन्तान प्राप्त गरेको विश्वासमा पुनः गजुरमुखी आएर नियमित पूजापाठ गर्ने गरेको स्थानीयवासी कृष्ण बुढाथोकीले बताउनुभयो । उक्त मन्दिरभित्र पूजापाठ गर्नका लागि मन्दिरभित्र प्रवेश गरेपछि पछाडि नफर्की बाहिरिँदा पुण्य कमाइने विश्वास गरिन्छ । मेलामा आएका युवामा धान नाचेर विवाह गर्ने प्रचलनसमेत रहिआएको छ । गजुरमुखी देवीको उत्पत्ति करीब २५० वर्षअघि भएको स्थानीयवासी बताउँछन् ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : ४९ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।