२०८२, २८ भाद्र शनिबार

यसपटकको जलयात्रा मस्र्याङ्दी नदीमा

यसपटकको जलयात्रा मस्र्याङ्दी नदीमा


काठमाडौँ, ६ मङ्सिर: नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)द्वारा संयोजित १७ औँ संस्करणको अन्तर्राष्ट्रिय साहसिक जलयात्रा यसपटक मस्र्याङ्दी नदीमा आयोजना हुने भएको छ । ‘हिमालयन ह्वाइट वाटर च्यालेञ्ज’ नाम दिइएको सो साहसिक प्रतियोगिता आगामी मङ्सिर ८ देखि १० गतेसम्म सो नदीमा सञ्चालन हुनेछ । नाराले यस प्रकारको प्रतियोगिता सन् २००२ देखि नेपालका विभिन्न नदीमा सञ्चालन गर्दै आएको छ ।

प्रतियोगिताका बारेमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त प्रतियोगितामा कायक डाउन रिभर रेस, स्ट्रिम कायक सलमम, बोटरक्रस (हेड टू हेड) गरी तीन प्रकारका जलयात्रा हुने जानकारी दिइयो । तीनै प्रकारका प्रतियोगितामा महिला र पुरुष अलग अलग रुपमा रोमाञ्चकारी प्रतिस्पर्धामा रहनेछ । स्वदेशी तथा विदेशी गरी ३०० को सहभागिता हुने र तीमध्ये ६० प्रतिशत स्वदेशी तथा ४० प्रतिशत विदेशी जलयात्राका पारखी खरो रुपमा उत्रने आयोजकले जनाएका छन् । ती तीनै प्रकारका प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई प्रमाणपत्रसहित नगद क्रमशः रु ५०, ३० र २० हजारको व्यवस्था गरिएको नाराका महासचिव शिव अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिता सम्पन्न गर्न करीब रु ५० लाख खर्च हुनेछ । नेपालका भोटेकोशी, सुनकोशी, कर्णाली तथा त्रिशूली नदी विश्वका उत्कृष्ट साहसिक जलयात्राका नदीअन्तर्गत पर्दछन् । प्रतियोगिताले नेपालको साहसिक जलयात्रा पर्यटनको विकास र प्रवद्र्धन गर्न कोशेढुङ्गाको काम गर्ने नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “साहसिक जलयात्रामार्फत आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न प्रतियोगिताले सहयोग गरिराखेको छ ।” दु्रत तथा स्थिर गतिमा बग्ने नदीका छाल, न्यायोपानी तथा वातावरण, नदी आसपासका अकल्पनीय मनोरम दृश्यको रस्वासदन जलयात्राबाट उठाउन सकिन्छ । हाल अमेरिका, बेलायत, आइसल्याण्ड, जापान, इटली, टर्कीका देशमा नेपाली रिभर प्रदर्शक (गाइड) क्रियाशील रहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : २५ बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान