२०८२, २० फाल्गुन बिहीबार

लुम्बिनीमा कथिन दान उत्सव सम्पन्न

लुम्बिनीमा कथिन दान उत्सव सम्पन्न


रुपन्देही, ६ मङ्सिर: बौद्ध परम्पराअनुसार पवित्र ‘कथिन’ उत्सव आज लुम्बिनीमा सम्पन्न भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । थाइल्याण्डका दाताको सहयोगमा आयोजित कथिन उत्सवमा लुम्बिनीको राजकीय बुद्ध विहारमा तीन महीना वर्षाबासमा बस्नुभएका भिक्षु सागर धम्मलगायत विभिन्न क्षेत्रका २५ जना भिक्षुलाई बौद्ध परम्पराअनुसार कथिन चिबर दान र अष्टपरिष्कार दान गरिएको थियो ।

कथिन उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै थाइल्याण्डका भिक्षु फाराचुइनाइसुन्थ्रोले बुद्ध भूमिमा टेक्न पाउनु थाई नागरिकका लागि खुशीको कुरा भएको र बुद्धको भूमिमा यस्ता धार्मिक गतिविधि भइरहनु जरुरी रहेको बताउनुभयो । अखिल नेपाल भिक्षु महासङ्घका महासचिव कौण्डन्यले बुद्ध शिक्षालाई जीवन्तता दिन कथिन चिबर दान कार्यक्रमले एउटा इँटा थप्ने काम गरेको बताउनुभयो । राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मले बुद्ध धर्म र बुद्ध शिक्षाको प्रचारप्रसारका लागि धेरै विदेशी दाताले इच्छा देखाएको बताउँदै त्यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले लुम्बिनी सत्कर्मका लागि प्रेरणा दिने ठाउँ भएकाले छिट्टै शान्ति शहर घोषणा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बौद्ध शिक्षाका लागि योगदान पु¥याएको भन्दै स्थानीय महिला यमुनादेवी पौडेल, टीका कटेल, बिस्नु बस्याल र बौद्ध सेवा समितिलाई सम्मान गरिएको थियो । कार्यक्रमअघि लुम्बिनीको थाई मन्दिरबाट बृहत् झाँकीसहितको शोभा यात्रा निकालिएको थियो ।

कथिन उत्सवअन्तर्गत बुधबार राजकीय बुद्ध विहारमा भिक्षुसङ्घबाट परीत्राण पाठ तथा बुद्ध पूजा गरिएको थियो । पूजामा श्रीलङ्का तथा नेपालका विभिन्न क्षेत्रका भिक्षु, पाल्पा, बुटवल लुम्बिनीलगायतका विभिन्न ठाउँका बुद्ध धर्मका अनुयायी तथा उपासक उपासीका सहभागी थिए ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : २० बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको