२०८२, २४ कार्तिक आईतबार

सवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु


भद्रपुर ५ मङ्सिर : झापा मेचीनगर नगरपालिका–१२ मा आज साँझ सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मेनपा–१२ स्थित कालीझोडामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बिर्तामोड–५ का २७ वर्षीया मञ्जुल बराइली र स्कुटर चालक मेचीनगर–१० का २४ वर्षीय युवराज खत्रीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको वा६९प ७९९४ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आइरहेको मे१०प ६६६४ नंको स्कुटर एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने काठमाडौँ जडीबुटीकी १८ वर्षीया सुविसा गुरुङको विर्तामोडस्थित कनकाई हस्पिटलमा उपचार भइरहेको छ । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ९ : ४३ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा