२०८२, १६ मंसिर मंगलबार

संसारकै छोटो विवाह, १५ मिनेट भित्रै सम्बन्ध विच्छेद

संसारकै छोटो विवाह, १५ मिनेट भित्रै सम्बन्ध विच्छेद


काठमाडौं ५ मंसीर :  भनिन्छ विवाह सात जन्मको पवित्र बन्धन हो । तर यो भनाइ प्रत्येक ठाँउ र सबैमा लागु हुनै पर्छ भन्ने छैन। केहि मानिसको विवाह धेरै दिन सम्म नटिक्न पनि सक्छ। पछिल्लो समय दुबईका एक जोडि यहि बिषयको चर्चामा रहेका छन्।

दुबईका यी जोडिको विवाह सम्बन्ध १५ मिनेटसम्म मात्र टिकेको थियो । यो संसारकै सबैभन्दा छोटो विवाह सम्बन्ध रहेको मानिसहरुले दावि गरेका छन् । विवाहको १५ मिनेटपछि सम्बन्ध विच्छेद भएको थियो ।

विवाहको मिति तय भएपछि बेहुला र बेहुलीको बाबुहरुबीच एक सम्झौता भएको थियो । जसमा विवाह पछि केटा पक्षले केटि पक्षलाई एक लाख दिराम दिनुपर्ने भयो। केटाले सो रकम दुई किस्तामा दिने बताएको थियो। ५० हजार दिराम विवाहको क्रम अदातलमा दिने र ५० हजार विवाह प्रकृया सकिएपछिअदालतको बाहिर ।

बेहुलाले पहिलो किस्ता विवाहको क्रममा दियो । हाँसी खुशी विवाह भयो। विवाहपछि केटा अदालतबाट वाहिर निस्कियो तब केटिका बाबुले पैसा मागे। केटा भन्यो ‘पैसा गोजिमा बोकेर हिड्या छैन। गाडिमा राखेको छु ५ मिनेट पछि दिन्छु।’ केटिका बाबुलाई खपिनसक्नुभयो र भने ‘यहि ल्याएर दिनुहोस्, चाहे कसैसँग मागेर दिनुहोस् तर मलाई अहिले यहि चाहियो।’

ससुराको यो जवाफले ज्वाईलाई सहिसक्नु भएन। बाकि नातेदार पनि त्यहा पुगे बेहुलालई अपमानित महसूस हुन थाल्यो। उ गाडिमा भएको पैसा ल्याउनुको सट्टा अदालत भित्र गयो र श्रीमतिसँग सम्बन्ध विच्छेद गर्‍यो। यी सबै प्रकृया हुन १५ मिनेट लागेको थियो। यसरी यसलाई संसारकै सबैभन्दा छोटो सम्बन्धको उपमा दिइयो ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ७ : १३ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी