२०८२, १ माघ बिहीबार

आगलागीबाट रु एक करोड क्षति

आगलागीबाट रु एक करोड क्षति


उर्लाबारी, ४ मङ्सिर: मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा आज आगलागी हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको छ । आगलागी हुँदा अधिकारीको काठले बनेको दुईतले घर र किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीका अनुसार आगो लाग्नुको कारण खुल्न सकेको छैन । किराना पसलमा रु ७० लाखभन्दा बढीको लगानी रहेको र घरसमेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको पीडित अधिकारीले बताउनुभयो ।

आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । उहाँको रु एक लाख बराबरको क्षति भएको छ । घरमा रहेको ग्यास सिलिण्डर पड्किँदा आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट भएको अनुमान गरिएको छ । दमक, बिर्तामोड, गौरादह, सुन्दरहरैँचा र इटहरीबाट आएका दमकल तथा स्थानीयवासीको प्रयासमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ६ : ३३ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा