२०८२, १६ मंसिर मंगलबार

यातायात व्यवस्था कार्यालयः दिनमा पटक–पटक घुस लिइन्छ, दिइन्छ

यातायात व्यवस्था कार्यालयः दिनमा पटक–पटक घुस लिइन्छ, दिइन्छ


काठमाडौं ,मंसिर ४ : टेबलमा फाइलसँगै सयको नोट। महिला कर्मचारीले हतपत टेबलमूनी घुसारिन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । तुरुन्तै ३० रुपैयाँ फिर्ता दिइन्। सेवाग्राहीले हतपत गोजीमा हाले। ‘उता जानुस् अब,’ उत्तरतर्फ संकेत गर्दै कर्मचारीले भनिन्। त्यसपछि घोसेमुन्टो लगाई कतै नहेरी भनिन् ‘अर्को आउनुस्, अर्को।’

त्यतिबेला बिहानको ११ बजेर २५ मिनेट गएको थियो। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको कोठा नम्बर १२ मेडिकल शाखाको दृश्य हो यो। आँखाको जाँच गर्नेको घुँईचो उस्तै थियो। फोटो खिच्नेको बाक्लो भिड। भिडभित्रै भइरहेको थियो खुलमखुला लेनदेन। गेटमै टिकट लिनेबेला आँखा जाँचवापत ३८ रुपैयाँ तिरे पुग्छ। तर भित्र घुस लिइन्छ, दिइन्छ। दिनमा एकपटक होइन, पटक पटक।

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ७ : ३२ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी