२०८२, १६ असार सोमबार

गङ्गोत्रीको जल पशुपतिनाथमा अर्पण

गङ्गोत्रीको जल पशुपतिनाथमा अर्पण


काठमाडौँ, ३ मङ्सिर: भारतस्थित पवित्र तीर्थस्थल गङ्गोत्रीको जल पशुपतिनाथ मन्दिरमा अर्पण गरिएको छ । काजी अमरसिंह थापाले नेपाल विजय गर्ने क्रममा गढवाल क्षेत्र कब्जामा लिएपछि गङ्गोत्री नेपालको अधीनमा आएको थियो । थापाले त्यसैबेलादेखि गङ्गोत्रीको जल पशुपतिनाथ मन्दिरमा चढाउन शुरु गराएको ऐतिहासिक दस्तावेज प्राप्त भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले राससलाई जानकारी दिनुभयो ।

कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन हिउँ परी चिसो बढ्ने भएकाले गङ्गोत्रीको ढोका बन्द हुन्छ । ढोका बन्द हुनुअघिको जल पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा अमरसिंह थापाकै पालादेखि शुरु भएको हो । लक्ष्मीपूजाका दिन बन्द भएको ढोका अक्षय तृतीयाका दिन खुल्छ ।

ढोका खुलेपछि पशुपतिनाथको प्रसाद गङ्गोत्रीमा चढाउने गरिएको गङ्गोत्री धामका रावल शिवप्रकाशजी महाराजले बताउनुभयो । काजी अमरसिंहका पालामा शुरु भएको यो परम्परा सुगौली सन्धिको आसपास बन्द भएको थियो । जसलाई १५ वर्षअघि रावल शिवप्रकाशले पुनःस्थापना गर्नुभएको हो । यो परम्परालाई दुई देशबीचको पारस्परिक सद्भाव एवं एकताका रुपमा पुनः शुरु गरिएको जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ६ : ०५ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको