२०८३, १० भाद्र बिहीबार

गङ्गोत्रीको जल पशुपतिनाथमा अर्पण

गङ्गोत्रीको जल पशुपतिनाथमा अर्पण


काठमाडौँ, ३ मङ्सिर: भारतस्थित पवित्र तीर्थस्थल गङ्गोत्रीको जल पशुपतिनाथ मन्दिरमा अर्पण गरिएको छ । काजी अमरसिंह थापाले नेपाल विजय गर्ने क्रममा गढवाल क्षेत्र कब्जामा लिएपछि गङ्गोत्री नेपालको अधीनमा आएको थियो । थापाले त्यसैबेलादेखि गङ्गोत्रीको जल पशुपतिनाथ मन्दिरमा चढाउन शुरु गराएको ऐतिहासिक दस्तावेज प्राप्त भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले राससलाई जानकारी दिनुभयो ।

कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन हिउँ परी चिसो बढ्ने भएकाले गङ्गोत्रीको ढोका बन्द हुन्छ । ढोका बन्द हुनुअघिको जल पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा अमरसिंह थापाकै पालादेखि शुरु भएको हो । लक्ष्मीपूजाका दिन बन्द भएको ढोका अक्षय तृतीयाका दिन खुल्छ ।

ढोका खुलेपछि पशुपतिनाथको प्रसाद गङ्गोत्रीमा चढाउने गरिएको गङ्गोत्री धामका रावल शिवप्रकाशजी महाराजले बताउनुभयो । काजी अमरसिंहका पालामा शुरु भएको यो परम्परा सुगौली सन्धिको आसपास बन्द भएको थियो । जसलाई १५ वर्षअघि रावल शिवप्रकाशले पुनःस्थापना गर्नुभएको हो । यो परम्परालाई दुई देशबीचको पारस्परिक सद्भाव एवं एकताका रुपमा पुनः शुरु गरिएको जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ६ : ०५ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री