२०८२, ४ कार्तिक सोमबार

सहरका सडक छेउछाउ मर्निङ वाक खतरापुर्ण !

सहरका सडक छेउछाउ मर्निङ वाक खतरापुर्ण !


काठमाडौं, मंसिर ३ : सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् । बाहिरी प्रदूषणका कारण हानिकारक कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दूषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् ।

बढ्दो वायु प्रदूषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ प्राडा. ढुण्डिराज पौडेलको सुझाव छ । ‘सास फेर्दा धूलोधूवाँका कण शरीरभित्र छिरेर फोक्सोलगायत अंगमा असर पुग्छ’, उनले भने । ठूला कण श्वासप्रश्वास नलीमा अड्किन्छन् । मसिना कण भने सीधै फोक्सोमा पुग्छन् । ‘दुई दशमलव पाँच माइक्रोनभन्दा साना कण सीधै फोक्सोमा पुग्छन् । फोक्सोबाट रक्तसञ्चार प्रणालीद्वारा मुटु, मिर्गौला, छालालगायत संवेदनशील अंगमा असर पुग्छ’, डा. पौडेलले भने ।

पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिकलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति बढी सजग हुनुपर्ने चिकित्सकको सुझाव छ । जाडोमा मर्निङ वाकभन्दा घरमै व्यायाम गर्नु उपयुक्त हुने डा. पौडेलको भनाइ छ । दूषित वातावरणमा लामो समयसम्म काम गर्नेलाई फोक्सोको क्यान्सरसमेत हुन सक्ने वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले बताए । आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ७ : २४ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,