२०८२, २१ असार शनिबार

राजपाद्वारा संविधान संशोधन गर्न माग

राजपाद्वारा संविधान संशोधन गर्न माग


काठमाडौँ, १ मङ्सिर: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जतिसक्दो चाँडो संविधान संशोधन गरेर मधेशी, दलित महिला तथा उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षत्कार राजपाका महामन्त्री केशव झाले संविधान जारी भएलगत्तै उठाउँदै आएको संविधान संशोधनको माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभयो ।

महामन्त्री झाले भन्नुभयो, “सरकार गठन भएको नौ महीना भइसकेको छ, हामीले दशैँअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थियौँ, उहाँले दशैँको टीका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भने पनि अहिलेसम्म हुन सकेको छैन ।”

सिङ्गो मधेशका समुदाय आक्रोशित भएको समयमा पनि राजपाले सरकारलाई समर्थन गरेको स्मरण गर्दै उहाँले अब एक हप्ताभित्रमा संविधान संशोधन प्रक्रिया अगाडि नबढाए आफूहरु समर्थन फिर्ता लिएर मधेशमा सङ्घर्ष गर्ने चेतावनी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ९ : ०३ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न