२०८३, १५ आश्विन शुक्रबार

राजपाद्वारा संविधान संशोधन गर्न माग

राजपाद्वारा संविधान संशोधन गर्न माग


काठमाडौँ, १ मङ्सिर: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जतिसक्दो चाँडो संविधान संशोधन गरेर मधेशी, दलित महिला तथा उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षत्कार राजपाका महामन्त्री केशव झाले संविधान जारी भएलगत्तै उठाउँदै आएको संविधान संशोधनको माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभयो ।

महामन्त्री झाले भन्नुभयो, “सरकार गठन भएको नौ महीना भइसकेको छ, हामीले दशैँअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थियौँ, उहाँले दशैँको टीका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भने पनि अहिलेसम्म हुन सकेको छैन ।”

सिङ्गो मधेशका समुदाय आक्रोशित भएको समयमा पनि राजपाले सरकारलाई समर्थन गरेको स्मरण गर्दै उहाँले अब एक हप्ताभित्रमा संविधान संशोधन प्रक्रिया अगाडि नबढाए आफूहरु समर्थन फिर्ता लिएर मधेशमा सङ्घर्ष गर्ने चेतावनी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ९ : ०३ बजे

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण