२०८२, ४ कार्तिक सोमबार

जाडोमा कफीको साथ यस्ता छन् १० फाइदा

जाडोमा कफीको साथ यस्ता छन् १० फाइदा


कफी हामीले दिनहुँ प्रयोग गर्ने पेय पदार्थ हो । आजकल मानिसले चिया भन्दा कफी नै बढी पिउन थालेका छन् । जाडोमा अझ कफीको प्रयोग गर्नेको संख्या झन् बढी हुन्छ । कफी पिउनुका केही फाइदा र केही बेफाइदाहरू छन् । तर, समय र मात्रा मिलाएर खाने हो भने कफीले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।

यस्ता छन् कफि पिउँदाका फाईदा
१. प्रत्येक दिन बिहान कम्तीमा १ कप कफी पिउनाले शरिरमा दिनभर स्फुर्ति ल्याउनुको साथै यसमा हुने एन्टी अक्सिडेन्टको कारण शारीरिक तथा मानसिक तनावलाई समेत कम गर्दछ ।

२. मदिराजन्य वस्तुको सेवनवाट हुने ह्याङ्ग ओभरबाट छुटकारा पाउन सकिन्छ ।

३. कफी सेवन गर्ने बानीको कारण चियामा हुने दैनीक खर्चलाई जोगाउनुको साथै चिया सेवनवाट हुने असरवाट समेत बच्न सकिन्छ ।

४. मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशिल तुल्याउँछ ।

५. चिसोको कारण शरिर फुल्ने, खुट्टा तथा आँख्ला सुनिने जस्ता समस्या भएका वाथका रोगीहरुले नियमित कफी सेवन गरेमा धेरै फाईदा गर्छ ।

६. दम, पित्त थैली र मृगौलाको पथ्थरी, मधुमेह, आन्द्राको क्यान्सर र रेडियो बिकिरणवाट हुने असरका समस्यालाई हटाउँछ ।

७. जाडो समयमा नियमित कफी पिउनाले शरिरमा गर्मिपन बढाउनुको साथै चिसोलाई हटाउँछ ।

८. नियमित कफी सेवनले बोसो तथा मोटोपनलाई समेत कम गर्दछ ।

९.  कफीमा पाईने एण्टी–अक्सीडेन्टले हृदयरोग तथा क्यान्सरवाट मानिसलाई सुरक्षा प्रदान गर्नुको साथै शारिलाई तन्दुरुस्त राख्दछ ।

१०. दैनिक कम्तीमा २(३ कप कफी नियमित रुपमा पिउनाले यौन दुर्वलतालाई हटाउँछ ।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ३६ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,