२०८२, २७ भाद्र शुक्रबार

सात थान वन्यजन्तुको दाह्रासहित छ जनालाई पक्राउ

सात थान वन्यजन्तुको दाह्रासहित छ जनालाई पक्राउ


काठमाडौँ, ३० कात्तिक: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सात थान वन्यजन्तुको दाह्रासहित छ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी नारायणटारबाट वन्यजन्तुको दाह्रासहित दोलखाका नुर्बु शेर्पा, मकवानपुरका देवलाल मोक्तान, दीपक लामा, गोकुल घले, सिन्धुपाल्चोकका रवि लामा र नुवाकोटका सुब्बा तामाङलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुदीप गिरीले संरक्षित वन्यजन्तुको दाह्रा (आखेटोपहार) खरीदबिक्री गर्न ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलार्ई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । ब्यूरोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ विरुद्धको अपराध भएकाले पक्राउ परेका सबैलाई कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा पठाइएको जनाएको छ । ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ६ : १९ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा