२०८३, १३ कार्तिक शुक्रबार

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी


काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका जेनजी (Gen Z) पुस्ताका युवाहरूले आज बिहान टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्।

स्रोतका अनुसार, मंगलबार बिहानैदेखि आक्रोशित भीडले कार्यालयको बाहिरी भागमा पेट्रोल छर्की आगो लगाएको हो। आगलागीका कारण भवनमा व्यापक क्षति पुगेको छ भने प्रशासनले क्षतिको यकिन विवरण सङ्कलन गरिरहेको छ।

यसअघि सोमबार सुरु भएको प्रदर्शन क्रमशः हिंसात्मक बन्दै गएको छ। सिंहदरबार, सर्वोच्च अदालत, प्रमुख नेताहरूका निवास र विभिन्न सरकारी कार्यालयहरूमा समेत तोडफोड र आगजनी गरिएको पुष्टि भएको छ।

दुई दिनको प्रदर्शनमा अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। दर्जनौं प्रहरी र सुरक्षाकर्मीसमेत घाइते भएका छन्।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ७ : २२ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित