२०८३, ३१ भाद्र बिहीबार

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल


काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा ल्याउन सुरक्षाका उच्च अधिकारीहरूले संयमता अपनाउन अपिल गरेका छन्।

मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले संयुक्त अपिल जारी गर्दै सबैलाई संयमित भई राजनीतिक संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्।

वक्तव्यमा भनिएको छ, “विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन सबै नागरिकलाई संयमता अपनाउन र सम्बद्ध पक्षलाई वार्ताबाट समाधान निकाल्न अपिल गर्दछौं ।”

यसअघि राजधानीको सिंहदरबार, सर्वोच्च अदालत र विशेष अदालतमा Gen Z प्रदर्शनकारीद्वारा आगजनी र तोडफोड भएको थियो।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ३ : ४८ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक