२०८२, ८ भाद्र सोमबार

चिनियाँ महोत्सव शुरु, यस्तो रोमाञ्चक कला

चिनियाँ महोत्सव शुरु, यस्तो रोमाञ्चक कला


काठमाडौँ, २७ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ चीन महोत्सव–२०१८ को आज यहाँ शुभारम्भ गर्नुभएको । महोत्सव चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा भएको हो । सो अवसरमा संस्कृतिमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् १९५५ मा कूतनीतिक सम्बन्ध स्थापना भएयता नेपाल चीन सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको र चीनले भूकम्पका बेला राहत प्रदान गर्नाका साथै प्ुनःनिर्माणमा सहयोग गरी नेपालीको मन जितेको बताउनुभयो ।

उहाँले नेपालका काठमाडौँ, ललितपुर र भक्तपुर अद्वितीय सम्पदाले भरिपूर्ण रहेको तथा नेपाल जातजाति, भाषा तथा जैविक विविधताले भरिपूर्ण भएकाले चिनियाँ पर्यटकलाई यहाँ भित्र्याउन सकिने बताउनुभयो । मन्त्री अधिकारीले यस्ता महोत्सवले पर्यटन गतिविधि बढ्न गई सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न सकिने बताउनुभयो ।

सो अवसरमा चीनका संस्कृतिमन्त्री लो सु काङले नेपाल र चीन नदी तथा पहाडले जोडिएको तथा चीनको एक क्षेत्र एक मार्ग(बिआरआई)अवधारणाले यिनलाई झन् नजीक बनाउने विश्वास व्यक्त गर्दै सन् २००३ देखि शुरु भएको महोत्सवले आपसी आदानप्रदान र सहकार्यमा राम्रो प्रभाव पारेको बताउनुभयो । नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन नेपालको दोस्रो ठूलो पर्यटकको स्रोत देश भएको बताउँदै नेपालमा सन् २०१७ मा पर्यटक २५ प्रतिशतले वृद्धि भएको उल्लेख गर्नुभयो । दुईदिने महोत्सवमा चिनियाँ राष्ट्रिय ब्यालेका कलाकारले आकर्षक नृत्यनाटक प्रस्तुत गरेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ९ : २२ बजे

तेमाल थामडाँडामा “कोम्हेंदो कृषक महिला समूह”लाई हिउँदे तरकारीको बीउ वितरण

तेमाल। काभ्रेको तेमाल गाउँपालिका-८, थामडाँडामा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत गठन

‘लिपुलेक–कालापानी हुँदै भएको भारत-चीन व्यापार अस्वीकार्य’: एमाले दार्चुला

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुला जिल्ला कमिटीले लिपुलेक–कालापानी

हिन्दु नारीहरूको चाड तीज सुरु, आज दर खाइँदै

काठमाडौं । नेपाली हिन्दु नारीहरूले मनाउने एक महत्वपूर्ण धार्मिक पर्व

कलंकी नजिकै कोल्ड ड्रिङ्क्स बोकेको पिकअप भ्यान दुर्घटना

काठमाडौं । काठमाडौंको कलंकी नजिकै सोमबार बिहान एक पिकअप भ्यान

युक्रेन-रुस युद्ध : क्षेप्यास्त्र डिपो र तेल रिफाइनरीमा आक्रमण, दुवै पक्षको आक्रामकता तीव्र

काठमाडौं । रुसले आइतबार युक्रेनमा क्षेप्यास्त्र भण्डारण स्थल र सैन्य