२०८२, २५ भाद्र बुधबार

बालिका हत्या आशङ्कामा पाँच पक्राउ

बालिका हत्या आशङ्कामा पाँच पक्राउ


गाईघाट २७ कात्तिक : उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन् । एल्जिनाका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शव कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो ।

धरानबाट तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थलमा पठाएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । घट्नाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । एल्जिनाको शव परीक्षणका लागि सोमबार धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको छ । एल्जिनाको परिवारले उनको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  १० : १७ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा