२०८३, ३० भाद्र बुधबार

काभ्रेको लालपूर्जाविहीन गाउँ,समस्या समाधान गर्न सरकार लागिपर्ने : मन्त्री बाँस्कोटा

काभ्रेको लालपूर्जाविहीन गाउँ,समस्या समाधान गर्न सरकार लागिपर्ने : मन्त्री बाँस्कोटा


काभ्रे २५ कात्तिक : काभ्रेको कोशीपारी भुम्लु गाउँपालिकाको दुईवटा वडाका करिब एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा रहेको खेतीयोग्य जमीनबारे विवादपछि भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपूर्जाविहीन बन्न पुगेका थिए ।

गाउँपालिकाको ७ नं वडाका ३६५ र ८ नं वडाका ५८९ पीडित परिवारसँग ४३ वर्षदेखि आफ्नो जमीनको लालपूर्जा नभएको ८ नं वडाध्यक्ष मोतिलाल तामाङले बताए । उनका अनुसार लालपूर्जाविहीन भूकम्पपीडितलाई दुई वर्षपछि मात्रै सरकारी राहत अनुदान उपलब्ध गराइएको हो ।

तामाङले भने, ‘दुई वर्षपछि सरकारी आवास निर्माण राहत अनुदान उपलब्ध गराइएपछि यहाँका भूकम्पपीडितले घर बानाउन थालेका हुन् ।’ अन्तर वडा सीमा विवाद मिलाउन तथा जग्गाको लालपूर्जा प्राप्तिका लागि वडाध्यक्ष तामाङको संयोजकत्वमा गत साता समिति गठन गरिएको छ ।

गत साता भुम्लु पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग स्थानीयवासीले जग्गाको लालपूर्जाको समस्या सुल्झाउन आग्रह गर्दा उनले ‘उच्चस्तरीय भूमि व्यवस्थापन आयोग’ निर्माणपछि समाधान हुने आश्वासन दिए ।

हाल गाउँपालिकाको वडा नं ७ र ८ मा २५० घर निर्माणाधीन अवस्थामा छन् । जग्गाधनीले जमीन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इञ्जीनियरले दिएको निस्साका आधारमा गत वर्षको कात्तिकमा सरकारले आवास निर्माण अनुदान उपलब्ध गराएको हो । यसअघि लालपूर्जाविहीन भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका थिएनन् ।

सरकारले लालपूर्जाविहीन पीडितको समस्यालाई मध्यनजर गर्दै गत भदौमा आवास निर्माणसम्बन्धी कार्यविधि तयार गरेपछि यहाँका करीब एक हजार लालपूर्जाविहीन पीडितले किस्ताबन्दीमा सरकारी अनुदान लिएर घर बनाउन पाएका हुन् । हाल वडा नं ७ मा ५० तथा वडा नं ८ मा ३५ घर बनिसकेका छन् ।

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले लाभग्राहीको सूचीमा ६७ परिवार छुटेको जानकारी दिए । उनले ३८ पीडितको बस्ती जोखिमपूर्ण अवस्थामा रहेकाले गाउँपालिकाभित्रै अन्यत्र स्थानको खोजी कार्य भइरहेको बताए । रासस

 

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ९ : २१ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको