२०८२, ३ श्रावण शनिबार

काभ्रेको लालपूर्जाविहीन गाउँ,समस्या समाधान गर्न सरकार लागिपर्ने : मन्त्री बाँस्कोटा

काभ्रेको लालपूर्जाविहीन गाउँ,समस्या समाधान गर्न सरकार लागिपर्ने : मन्त्री बाँस्कोटा


काभ्रे २५ कात्तिक : काभ्रेको कोशीपारी भुम्लु गाउँपालिकाको दुईवटा वडाका करिब एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा रहेको खेतीयोग्य जमीनबारे विवादपछि भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपूर्जाविहीन बन्न पुगेका थिए ।

गाउँपालिकाको ७ नं वडाका ३६५ र ८ नं वडाका ५८९ पीडित परिवारसँग ४३ वर्षदेखि आफ्नो जमीनको लालपूर्जा नभएको ८ नं वडाध्यक्ष मोतिलाल तामाङले बताए । उनका अनुसार लालपूर्जाविहीन भूकम्पपीडितलाई दुई वर्षपछि मात्रै सरकारी राहत अनुदान उपलब्ध गराइएको हो ।

तामाङले भने, ‘दुई वर्षपछि सरकारी आवास निर्माण राहत अनुदान उपलब्ध गराइएपछि यहाँका भूकम्पपीडितले घर बानाउन थालेका हुन् ।’ अन्तर वडा सीमा विवाद मिलाउन तथा जग्गाको लालपूर्जा प्राप्तिका लागि वडाध्यक्ष तामाङको संयोजकत्वमा गत साता समिति गठन गरिएको छ ।

गत साता भुम्लु पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग स्थानीयवासीले जग्गाको लालपूर्जाको समस्या सुल्झाउन आग्रह गर्दा उनले ‘उच्चस्तरीय भूमि व्यवस्थापन आयोग’ निर्माणपछि समाधान हुने आश्वासन दिए ।

हाल गाउँपालिकाको वडा नं ७ र ८ मा २५० घर निर्माणाधीन अवस्थामा छन् । जग्गाधनीले जमीन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इञ्जीनियरले दिएको निस्साका आधारमा गत वर्षको कात्तिकमा सरकारले आवास निर्माण अनुदान उपलब्ध गराएको हो । यसअघि लालपूर्जाविहीन भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका थिएनन् ।

सरकारले लालपूर्जाविहीन पीडितको समस्यालाई मध्यनजर गर्दै गत भदौमा आवास निर्माणसम्बन्धी कार्यविधि तयार गरेपछि यहाँका करीब एक हजार लालपूर्जाविहीन पीडितले किस्ताबन्दीमा सरकारी अनुदान लिएर घर बनाउन पाएका हुन् । हाल वडा नं ७ मा ५० तथा वडा नं ८ मा ३५ घर बनिसकेका छन् ।

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले लाभग्राहीको सूचीमा ६७ परिवार छुटेको जानकारी दिए । उनले ३८ पीडितको बस्ती जोखिमपूर्ण अवस्थामा रहेकाले गाउँपालिकाभित्रै अन्यत्र स्थानको खोजी कार्य भइरहेको बताए । रासस

 

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ९ : २१ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै