२०८२, २४ भाद्र मंगलबार

पाँचजना उद्योगपति जुवाको खालवाट पक्राउ

पाँचजना उद्योगपति जुवाको खालवाट पक्राउ


विराटनगर, २५ कात्तिक: मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चौकबाट प्रहरीले ठूलो रकमसहित पाँचजना उद्योगपति जुवाडेलाई आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले दिएको जानकारीअनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–२ बस्ने चम्पालाल राठीको गोदामघरमा तास खेल्दै गरेको अवस्थामा नगदसहित ती उद्योगपति पक्राउ परेका हुन् ।

यसरी पक्राउ पर्नेहरुमा गोदाम घरधनी चम्पालाल राठीसहित विराटनगर–५ बस्ने ५० वर्षीय जीवन रिजाल, विराटनगर–३ बस्ने ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर–७ बस्ने ५१ वर्षीय बिमल अग्रवाल र ३८ वर्षीय हंशराज जैनलाई रहेका छन् । उक्त जुवाको खालबाट प्रहरीले रु एक लाख ९० हजार १४० र १७ बुक तास बरामद गरेको छ । पक्राउ परेका पाँच जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ९ : १० बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा