२०८२, १४ श्रावण बुधबार

बोक्सीको आरोपमा कुटपिट गर्ने एकै परिवारका तीन जना पक्राउ

बोक्सीको आरोपमा कुटपिट गर्ने एकै परिवारका तीन जना पक्राउ


बुटवल, २५ कात्तिक : तिलोत्तमा नगरपालिका–४ मा स्थानीय महिलालाई बोक्सीको आरोपमा कुटपिट तथा दुव्र्यवहार गर्ने एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेकालाई प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जीको समर्थन प्राप्त गरी आज पुनः म्याद थपका लागि जिल्ला अदालत भैरहवामा पेश गरेको छ । बोक्सीको आरोपमा तिलोत्तमा नगरपालिका–४ नयाँमिलका टीकाराम आचार्य, उहाँकी पत्नी कमला आचार्य र छोरी प्रमिला आचार्य खनाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दिलबहादुर मल्लले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये टीकाराम तिलोत्तमा नगरपालिका–५ का वडा सचिव रहेको बताइएको छ । बोक्सी भन्दै कुटपिट र दुव्र्यवहार गरेको उजुरी परेपछि पक्राउ परेका तिनै जनालाई म्याद थपका लागि जिल्ला अदालत भैरहवामा पठाइएको छ । आचार्य परिवारले छिमेकी डम्मरकुमारी न्यौपाने र ललिता केसीलाइ कात्तिक २१ गते दिउँसो साढे ३ बजे घरमा बोलाई बोक्सीको आरोप लगाई कुटपिट र दुव्र्यवहार गरेको भन्दै डम्बरकुमारी न्यौपानेले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपछि प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरेको हो ।

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले निज टीकाराम नगरपालिकाको वडा सचिव जस्तो जिम्मेवारी सम्हालेको व्यक्तिको परिवारमा यस किसिमको कार्य हुनु गलत भएको भन्दै यस कार्यमा संलग्नलाई कानूनबमोजिम कारवाही हुने विश्वास दिलाउनुभयोे ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ८ : ५२ बजे

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर क्षेत्रमा सुनामीको खतरा

काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्र कमचटका प्रायद्वीपमा आज बिहान

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त, गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आन्तरिक राजनीतिक संकटको

बागमतीमा एमाले संसदीय दलको बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने

हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार नेकपा एमाले बागमती

सफलता प्राप्तिका लागि पाथिभरामाताको दर्शन गर्नुहोस्: विश्वास, श्रद्धा र प्रेरणाको स्रोत

काठमाडौं । नेपालका शक्तिपीठहरूमध्ये अत्यन्तै श्रद्धा र आस्थाको केन्द्र बनेको