२०८३, १३ श्रावण बिहीबार

आज तिहारको चौथो दिन गोवर्द्धनको पूजा गरिँदै

आज तिहारको चौथो दिन गोवर्द्धनको पूजा गरिँदै


काठमाडौँ, २२ कार्तिक : संस्कृति र चाड पर्व नेपाल र नेपालीको गहना नै हो । आफ्नो पुर्खादेखि चली आएको र विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भए अनुरूप पूजाआरधना गर्ने हिन्दु परम्परा साँच्चै लोभलाग्दो छ । अझ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार, पशुपंक्षीहरुको समेत पर्वको रूपमा चिनिन्छ ।तिहारको पाँच दिनमा पाँच फरक फरक जनावरको पूजाआजाले मानिस र पशुपंक्षीहरुबीचको सम्बन्धलाई समेत प्रष्टाउने गर्दछ । त्यसैले त तिहारको चौथो दिन आज, गाई र गोवर्द्धनको पूजाआजा गरिँदै छ ।

हिन्दु नेपालीहरूको पर्व तिहार अर्थात् यमपन्चकको चौथो दिन आज गोवर्द्धन पूजा गरी मनाइदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवर्द्धन पर्वतको पूजा गर्ने गरिन्छ ।आजका दिन बिहानै आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्द्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोवर्द्धन पूजा गरिन्छ । द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई ठूलो वर्षाका कारण हुने क्षतिबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेला देखि गोवर्द्धन पर्वतको पूजा गर्ने चलन सुरु भएको धार्मिक विश्वास रहिआएको छ ।

यस्तै आजै महादेवको बहनाका रूपमा रहेको गोरुको पूजा गरी रोटी, बाबर, पिठो आदि खानेकुरा खुवाउने गर्दछन् । आज साँझ पुरुषहरू समूहमा जम्मा भएर देउसी खेल्ने परम्परा समेत रहेको छ । त्यसै गरी नेवार समुदायले भने आफ्नै शरीरको पूजा गरी ‘म्हपूजा मनाउँदै छन् । आत्मा नै सबैभन्दा ठुलो र महत्त्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आगलागीबाट बचेको खुसीयालीमा हाँडीगाउँ विशालनगरका बासिन्दाले यो प्रचलन शुरु गरेको इतिहास रहिआएको छ ।

प्रकाशित मिति : २०७५, २२ कार्तिक बिहीबार  ७ : २५ बजे

सिरहा तनावग्रस्त : झडपका घाइते धरान रिफर, कर्फ्युबीच आगजनी र प्रहरीको गोली चल्यो

सिरहा। सिरहामा दुई समुदायबीच भएको झडपपछि अवस्था तनावपूर्ण बनेको छ।

सर्वदलीय बैठकपछि रवि लामिछाने शीतल निवासमा, राष्ट्रपतिलाई सुनसरी घटनाबारे जानकारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक

रविको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीमा भएको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे साझा

सरकार संकटमा ? सुनसरी घटनाबारे सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै अनुपस्थित

काठमाडौं। सुनसरीमा भएको दुःखद घटनापछि देशभर चर्किएको जनआक्रोश र तराई–मधेशमा

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा