२०८३, २० श्रावण बिहीबार

ओखलढुंगामा आगलागी: एक जना घाइते,चार घर सखाप

ओखलढुंगामा आगलागी: एक जना घाइते,चार घर सखाप


ओखलढुंगा, २० कात्तिक : जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगोमा परेर पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा एक जना घाइते भएका छन् । घाइते हुनेमा वाक्साका ६५ वर्षीय अमृतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीका दुवै हात सामान्य जलेका छन् ।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको स्थानीय बासिन्दाले बताएका छन् । बच्चाले महुरीलाई आगो लगाउन खोज्दा घरबाट शुरु भएको बताइएको छ । आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ ओटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् ।

मंगलबार विहान ११ः३० बजे शुरु भएको आगलागी अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी राजीव श्रेष्ठले बताए । घटनास्थल प्रहरी चौकीबाट १० किलोमिटर टाढा रहेकाले तत्काल प्रहरी पुग्न कठिन भएको थियो । स्थानीय र प्रहरी समेतको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगाले एक करोड हाराहारीमा क्षति भएको अनुमान गरिएको छ । आगलागी पीडितहरु छिमेकी र आफन्तको सहारामा बसेका छन् । पीडितहरुलाई स्थानीय सरकार र सरोकारवाला निकायमा राहत दिलाउन पहल गरिने वडा अध्यक्ष उमेश कार्कीले बताए ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  १० : ५४ बजे

आज बस्दै राष्ट्रियसभा बैठक, गृहमन्त्रीको जवाफदेखि सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक पेस हुने

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारस्थित

आज कहाँ–कहाँ पर्छ भारी वर्षा? यी प्रदेशमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेसँगै आज पनि विभिन्न

विदेश अध्ययन गर्नेलाई नबिल बैंकको विशेष उपहार, पुतलीसडकमा खुल्यो ‘एजुकेसन हब’

काठमाडौं । नबिल बैंक ले विदेशमा उच्च शिक्षा अध्ययन गर्न

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने

काठमाडौँ । शेख हसिना ले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा

बिपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी, चीनको ८४ करोड सहयोग

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा अत्याधुनिक बोनम्यारो