२०८३, ८ असार मंगलबार

काभ्रे क्याम्पसको दादागिरी माथि स्थानीयको डोजर प्रहार

काभ्रे क्याम्पसको दादागिरी माथि स्थानीयको डोजर प्रहार


बनेपा २० कार्तिक : काभ्रेको बनेपा नगरपालिका वडा नं ६ बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पसको दादागिरी तोड्न स्थानीयले डोजर प्रहार गरेका छन् । काभ्रेको पुरानो क्याम्पस काभ्रे बहुमुखी क्याम्पस र नगरपालिकाबीच भवन

निर्माण आचार संहिताका विषयमा विवाद बढेपछि स्थानीयले डोजर लगाएका हुन् । क्याम्पसले मापदण्ड विपरित भवन निर्माण कार्यलाई अगाडि बढाएपछि नगरपालिका र क्याम्पसबीच असमजदारी बढेको छ ।

काभ्रे क्याम्पसले स्थापना कालदेखि नै बस्तीलाई अवरोध हुनेगरी अग्लो पर्खाल निर्माण गरेको थियो । जसले गर्दा क्याम्पसको पूर्वी कुनातर्फका स्थानीयले निकासको समस्या व्यहोरिरहेका छन् ।

क्याम्पसले पछिल्लो समय मापदण्ड तथा भवन निर्माण आचारसंहिता विपरित नक्सा नै पास नगरी पुस्तकालय बनाउन थालेको थियो । यसरी भौतिक संरचना निर्माण गर्न थालेपछि शैक्षिक संस्थाको समेत संरक्षण गर्ने अधिकार पाएको स्थानीय तहले त्यसो नगर्न सुझाएको थियो ।

पटक-पटक वडा कार्यालयबाट नक्सा पास नगरीकन निर्माण कार्य रोक्का गर्न भनी रोक्का पत्र समेत बनेपा नगरपालिका वडा नं. ६ ले दिंदा कानुनको अवज्ञा क्याम्पसले गरेको स्थानीयले बताएका छन् ।

स्थानीयबासी क्याम्पसबाट प्रचलित स्थानीय नियमावलीको समेत धज्जी उडाएर निर्माण कार्यलाई निरन्तरता दिएको बताउँछन् । जनप्रतिनिधि समेत क्याक्पसले जवरजस्ती गरेको स्वीकार गर्छन् ।

त्यसो त नगरपालिकाका कार्यकारी अधिकृतले पनि नक्सा पास नगरी निर्माण कार्य नगर्नु र निर्माण थालिएको कार्य तुरुन्त बन्द गरी मापदण्ड तथा आचारसंहिता पालना गर्न नभनेका होइनन् तर पनि क्याम्पसले अटेर गरेको नगरपालिका श्रोत बताउँछ ।

जे गर्न सक्नुहुन्छ त्यो गर्नुस आचारसंहिता र मापदण्ड क्याम्पसलाई लाग्दैन भन्दै निर्माण कार्यलाई निरन्तरता दिइरहेपछि क्याम्पसको पर्खालमा वडाको रोहवरमा उपभोक्ता समितिले डोजर चलाई दिएको थियो ।

काभ्रे क्याम्पसले भोकाधिकार गरेको जग्गा समेत नेपाल सरकारको हो । यसको संरक्षण र संवद्र्धन गर्ने, जनताको सन्धी सर्पण र समस्याको निकास दिने सम्बन्धित स्थानीय सरकारको दायित्व हुने हुँदा जनभावना अनुसार उक्त अबैधानिक निर्माण कार्य भत्काई समस्याको समाधान गरिएको वडाअध्यक्ष सचितानन्द के।सी। बताउँछन् ।

‘यो भत्काउने अधिकार वडालाई छ, त्यसैले हामीले भत्काएका हौं’, उनी भन्छन्, ‘क्याम्पसले आफ्नो भोकाधिकार भएको जग्गा भन्ने दावी गरेको छ । लीजमा, भाडामा दिन पाउँछौं भन्छ । तर त्यस्तो होइन । काभ्रे क्याम्पसको जग्गा मन्त्री परिषद्को  निर्णयले पूर्ववत नेपाल सरकारको नाममा नै कायम गरिएको छ ।’

शैक्षिक धरोहरलाई अगाडि बढाउने दायित्व वडाको भएकाले त्यसको संरक्षण, संवद्र्धन गर्न आफू प्रतिवद्ध रहेको पनि वडाध्यक्ष केसीले बताएका छन् । आफ्नो दायित्वबाट पन्छिन खोजिएको भने होइन उनले भने– मात्रै नियममा हिंडाउने प्रयास गरिएको हो ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ८ : ३१ बजे

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।